• १ वैशाख २०८३, मङ्गलबार

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

blog

महाकाली नदीमा बेपत्ता सिंहको खोजी गरिँदै । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, वैशाख १ गते । मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता हुनुभएको छ ।

मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा डुबेर बेपत्ता हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार छिमेकी ७० वर्षीय धना भट्टको मलामी गएका बेला महाकाली नदीमा नुहाउने क्रममा सिंह बेपत्ता भएका थिए । 

बेपत्ता पुरुषको सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयले खोजी गरिरहेका भएपनि फेला नपरेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिनुभयो । 

“मलामी गएका बेला महाकालीमा पौडिनेक्रममा बेपत्ता भएका सिंहको खोजी कार्य भइरहेको छ”, प्रहरी उपरीक्षक खत्रीले भन्नुभयो,“बेपत्ताको खोजीकार्यमा खटिएपनि अवस्था अझै अज्ञात छ ।”