कपिलबस्तुमा योग र ध्यान गरेर पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त दिवस मनाइएको हो ।
कैलालीको भजनी नगरपालिका-४, झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ ।
‘गुराँसको पहाड’ले परिचित गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ सम्पन्न भएको छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटन प्रवर्धन गर्न लालीगुराँस उत्सव आयोजना गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मध्यपूर्वमा जारी युद्धका बिच पछिल्ला दिनहरूमा कूटनीतिक पहलहरू तीव्र बन्दै गएका छन् र प्रमुख पक्षबिच वार्ता तथा संवादका सङ्केत देखिन थालेका छन् ।
मकवानपुरमा दुर्लभ तथा लोपोन्मुख तामे सालक (इन्डियन प्याङ्गोलिन) बच्चासहित फेला परेको छ । किसानको साथीका रूपमा परिचित उक्त सालक मकवानपुरगढी गाउँपालिका–३ मा भेटिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २२० कायम भएको छ ।
पोखरा–९, शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा ताप्लेजुङले निर्माण गरेको एपिएफ चौतारी उद्धघाटन गरिएको छ । फुङलिङ नगरपालिका ६ स्थित सुकेटार विमानस्थल छेउमा नवनिर्मित चौतारीको बुधबार उद्घाटन गरिएको हो ।
कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार बुद्धभूमि नगरपालिका–६ लक्ष्मीपुर मुडफुटवा बस्ने २९ वर्षीया गुडिया भन्ने लक्ष्मी कोरीलाई प्रहरीले पक्राउ गरेको हो ।
हिमाली जिल्ला हुम्लामा राष्ट्रिय आर्थिक गणना गर्ने कार्य सुरु भएको छ । यसका लागि छनोट हुनु भएका गणकहरु आफु खटिएको गाउँपालिकामा पुग्नु भएको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सिसी टिभी) जडान गरिएको छ । अपराधजन्य घटनासहितका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले पालिकाभित्रका मुख्य बजार क्षेत्र सीसी टिभी जडान गरेको हो ।
कपिलबस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा सुविधा सम्पन्न नयाँ भवनबाट सुरु भएको छ ।
गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ३४ जना गणक र पाँच जना सुपरिवेक्षक खटिएका छन्। बुधबारदेखि देशव्यापी रुपमा सुरु भएको दोस्रो राष्ट्रिय आर्थिक गणना अभियानमा यस जिल्लामा सो संख्यामा गणक र सुपरिवेक्षक खटिएका हुन्।