समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र सुरक्षाका लागि अनुगमनलाई तीव्रता दिइएको छ ।
कर्णाली प्रदेशमा पहाडी जिल्लाका जङ्गल तथा नदी किनारमा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सिकाउन थालिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दैलेखका रहेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका दलले गरेको सिफारिस सूचीमा पुरानै अनुहारको दबदबा रहेको पाइएको छ ।
उत्तरी मोरङको रमितेमा पछिल्लो दुई वर्षयता १८ वटा सानाठुला होटेल सञ्चालनमा आएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुषको भन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या आठ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या आठ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनुभयो । त्यस्तै १८ जना अन्य मतदाता रहेका छन् ।
बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
बाजुरामा लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ ।
लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् ।
प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।
जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ ।
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले राम्रो बिक्री हुने समेत गरेको गर्दछ ।
फैसला कार्यान्वयनको क्रममा सप्तरीमा विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।