पेरिस सेन्ट जर्मेन (पिएसजी) र एट्लेटिको म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मध्यपूर्वको द्वन्द्व विस्तारिँदै हिन्द महासागरसम्म प्रभाव पारिरहेका बेला श्रीलङ्काले आफ्नो भूमिमा आश्रय लिएका २३८ इरानी नाविकलाई स्वदेश फिर्ता गरेको जनाएको छ । अमेरिकी पनडुब्बी आक्रमणपछि समुद्रमा सङ्कटमा परेका ती नाविकलाई उद्धार गरी मानवीय आधारमा संरक्षण दिइएको थियो ।
अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन, स्विजरल्यान्ड र बेलायतलगायत १० देशले लेबनानमा बढ्दो विस्थापन र सङ्कटको बारेमा चिन्ता व्यक्त गर्दै द्वन्द्व क्षेत्रमा रहेका मानवीय कामदारको सुरक्षाका लागि आह्वान गरेका छन् ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा रहेको भ्यू टावर। यस ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ ।
डोल्पा हुँदै आउने ठुलीभेरी र रुकुमपूर्व हुँदै आउने सानीभेरी नदी मिसिने रुकुमपश्चिम र जाजरकोटको सङ्गमस्थल ‘रिम्ना दोभान’ ।
स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ ।
नारायणगढ–बुटवल सडक खण्डमा अहिले तीव्र गतिमा सडक मार्किङ (सङ्केत चिह्न)को काम भइरहेको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
मुस्ताङमा आर्थिक गणना सुरू भएको छ । जिल्लाको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकामा खटिएका गणकले घरदैलोमा पुगेर आर्थिक गतिविधि हुने विभिन्न क्षेत्रको आधारभूत विवरण संकलन सुरू गरेका हुन् ।
आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बुधबार बिदाइ गरिएको छ ।
क्षेत्रीय तनावबिच कूटनीतिक सक्रियता बढाइरहेको पाकिस्तानले एकातर्फ अमेरिका-इरान शान्ति प्रयासमा भूमिका खेलिरहेको छ भने अर्कोतर्फ आफ्नो प्रमुख साझेदारसँग आर्थिक तथा रणनीतिक सम्बन्ध बलियो बनाउन अघि बढेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाको आणविक हतियार उत्पादन क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ भइरहेको चेतावनी दिएका छन् । पछिल्ला निरीक्षण र मूल्याङ्कनले देशको संवर्धन तथा पुनः प्रशोधन गतिविधि तीव्ररूपमा बढिरहेको देखाएको हो ।
गाजास्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना बच्चासहित दस जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।