अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसमेत १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डारमा अनियमितता गरेको आरोप प्रतिवादीमाथि लगाएको छ ।
सरकारले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदलाई कुनै एउटा क्षेत्रविशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’ को सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा उहाँले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुका रूपमा व्याख्या गर्नुभयो । प्रधानमन्त्री शाहले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भन्नुभयो, “तपाईंको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देश विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन् तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।”
सुरक्षण मुद्रण केन्द्रले छापिएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विवरण वेबसाइटमा राख्न सुरु गरेको छ । सेवाग्राहीलाई छापिएका लाइसेन्सको जानकारी दिनुका साथै छिटोछरितो प्राप्त गर्न गराउनका लागि वेबसाइटमा राख्न थालिएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ को लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा हुनुभएको छ ।
जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज खाँदै रमाइलो गर्ने प्रचलन ह्वात्तै बढेको छ ।
इलामको सिद्धिखोलामा निर्माणाधिन सिद्धि हाइड्रोपावर कम्पनीको बिजुलीको परीक्षण प्रसारण सम्पन्न भई राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।
चैत २९ गते राती करीव साढे ३ घण्टा पैदल हिँडेर केटी साथी भेट्न पुगेका थिए सुशिल परियार । १९ वर्षीय सुशिल प्यूठानको नौबहिनी गाउँपालिका ४ खवाङदेखी हिडेर गौमुखी गाउँपालिका ४ वाग्लिवाङ पुगेका थिए ।
जिल्लाको हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंज गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ नेपाल–चाइना रिलेसन्स अ मोडल फर सिभिलाइजेस्नल फ्रेन्डसिप’ नामक पुस्तक प्रकाशन गरिएको छ ।