लिबियाको अवैध आप्रवासन विरोधी एजेन्सीले अनियमित आप्रवासन प्रवाहको सामना गर्न लिबियाली अधिकारीले लागु गरेको सुरक्षा र नियामक प्रक्रिया अन्तर्गत सन् २०२५ मा ३७ हजार भन्दा बढी अनियमित आप्रवासी आफ्नो देशमा फर्केको जनाएको छ ।
मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ, ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा एकल उम्मेदवारी दिएको छ । बुधबार जनमोर्चाले अन्य समूहबाट कास्कीका शङ्कर बराल र महिलाबाट बागलुङकी लक्ष्मी बास्कोटाको उम्मेदवारी दर्ता गराएको हो ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्ट पार्नुभएको हाे ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका सात सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
बैतडीमा खैरो हेरोइन कारोबारमा पाँच जना पक्राउ परेका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिउँ परेकाले यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।
सुर्खेतको लेकबेशी नगरपालिका–७स्थित पुलटारमा राउटे समुदायका बालबालिकाहरु।
गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।
सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा योग विज्ञान शिविर आयोजना गरिएको छ ।