स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत सङ्गठनले स्वास्थ्यकर्मीलाई पनि हप्तामा दुई दिन बिदा दिन अपिल गरेका छन् ।
परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ ।
सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधीलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी)मापदण्डमा लैजाने तयारी गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।
मध्यपूर्वमा जारी अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबिच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट सङ्केत दिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा नगरस्तरीय किशोरी फुटबल मेयर कप सुरु भएको छ ।
दक्षिणी लेबनानको अन्सारीयेह सहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा ऐतिहासिक एवं प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बिहीबार उत्साहका साथ मनाइएको छ ।
एक वर्ष भन्दा लामो समयदेखि फ्रान्समा बन्दी बनाइएका इरानी नागरिक महदिह एस्फान्डियारी स्वदेश फर्केको इरानको सरकारी टेलिभिजनले बुधबार रिपोर्ट गरेको छ । इरानले दुई फ्रान्सेली नागरिकलाई रिहा गरेको एक हप्ता पछि उहाँलाई रिहा गरेको जनाइएको छ ।
राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो ।
डोटीको बडिकेदार गाउँपालिका-१ वि पि नगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो ।
नेपाली सेनाले सञ्चालन गरेको चौंथो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली बुधबार पाल्पा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।