पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष ९पिआइसीयू० सञ्चालनमा आएको छ ।
यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
नवलपुरको कावासोती नगरपालिकामा निर्माण भइरहेको केरुङ्गे खोलाको पुल आठ वर्षको अवधिमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । नगरपालिकाका वडा नम्बर ३, ४ र ५ लाई जोड्ने पुलको आठ वर्षमा ९० प्रतिशत काम सम्पन्न भएको छ ।
बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
पश्चिम नवलपरासीको नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्ता बचाउन स्थानीयले सरकारसँग आग्रह गरेका छन् । विभिन्न समस्याले जकडिएको सुस्ता क्रमशः सुगम बन्दै गए पनि वर्षायाममा नारायणी नदीको धार सुस्तातर्फ सोझिएपछि सुस्तावासी चिन्तित बन्दै आएका छन् ।
कपिलवस्तुमा बसोबास गर्ने नेटुवा समुदायले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छ । अल्पसङ्ख्यक सूचीमा नपरेकै कारण सामाजिक सुरक्षा भत्तालगायत सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र सुरक्षाका लागि अनुगमनलाई तीव्रता दिइएको छ ।
कर्णाली प्रदेशमा पहाडी जिल्लाका जङ्गल तथा नदी किनारमा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सिकाउन थालिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दैलेखका रहेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका दलले गरेको सिफारिस सूचीमा पुरानै अनुहारको दबदबा रहेको पाइएको छ ।
उत्तरी मोरङको रमितेमा पछिल्लो दुई वर्षयता १८ वटा सानाठुला होटेल सञ्चालनमा आएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुषको भन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या आठ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या आठ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनुभयो । त्यस्तै १८ जना अन्य मतदाता रहेका छन् ।
बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
बाजुरामा लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ ।