गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा डेढ वर्षमा बन्ने मोटरेबल पुल छ महिनामै निर्माण समपन्न भएको छ ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ।
ताप्लेजुङमा सवारीसाधन कारबाहीबाट दुई लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म पाँच महिनाको अवधिमा दुई लाख २७ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ ।
इन्डिजिनियस जेनजी कलेक्टिभले समानुपातिक समावेशी निर्वाचन प्रणालीको प्रणालीगत दुरुपयोग र असंवैधानिक अतिक्रमणको विरोधमा आज शान्तिपूर्ण सार्वजनिक प्रदर्शन गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनु भएको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य इन्जिनियर धर्म के.सी.लाई सिफारिस गरेको छ।
पहिले बेला-१ भनेर चिनिने एउटा खाली तेल ट्याङ्कर अमेरिका र रुसबिचको पछिल्लो तनावको केन्द्र बनेको छ ।
राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रमअनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो।
नेकपा (एमाले) का आठ जनाले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख तीन दल (कांग्रेस), एमाले र जसपा) को सहमतिअनुसार एमालेको भागमा परेको उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ।
सुदूरपश्चिम प्रदेशस्थित नेपाल–भारत सीमा नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेकपोस्ट’ को प्रदेश सरकारका विभागीय मन्त्रीहरुले आज निरीक्षण गर्नुभएको छ ।
छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा गरेर दुई जना मृत फेला परेका हुन्।
माटो प्राकृतिक उपचारका लागि महत्त्वपूर्ण मानिएको कोसेबाली खेती बर्दिया लगायतका तराईको जिल्लामा घट्दै गएको छ । तीन तहकै सरकारले कोसेबाली खेती प्रणालीमा ध्यान नदिँदा कोशेबाली खेती घट्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
आधुनिक कङ्क्रिटका संरचनाले ग्रामीण परिवेशका पुराना मौलिक घर क्रमशः स्मृतिमा मात्र सीमित हुँदै गएका बेला तनहुँको सदरमुकाम दमौलीमा भने एउटा भिन्न र रोचक दृश्य देखिन थालेको छ।