• ३ वैशाख २०८३, बिहिबार

जिप दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु

blog

सुजल श्रेष्ठ
प्यूठान, वैशाख ३ गते ।
प्यूठानमा बुधबार साँझ भएको सवारी जीप दुर्घटनामा घाइते भएक एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ निवासी ६५ वर्षीय सुकबहादुर नेपालीको उपचारका लागि जिल्ला बाहिर लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

बुधबार साँझ लु १ ज १६६९ नम्बरको यात्रुबाहक जिप ऐरावती गाउँपालिका वडा नम्बर २ स्थित विरिवाङ खोलामा दुर्घटना हुँदा १४ जना घाइते भएको थियो । सात जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।

स्थानीय सागर रिजालका अनुसार पुरनठाँटी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर घाइतेलाई विजुवार पठाइएको थियो । उकालो बाटोमा गाडी ब्याक भएर दुर्घटना भएको बताइएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।