नेपाललाई विश्वव्यापी एकाउन्टिङ तथा फाइनान्स आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ परियोजना सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ बुधबारदेखि सुरु भएको छ । निर्वाचन आयोगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले नमुना मतपत्र छाप्न सुरु गरेको हो । मङ्गलबार डमी मतपत्र छापिएको भए पनि बुधबारदेखि पूर्ण रूपमा अन्य मतपत्र छाप्न सुरु गरिएको हो । नमुना मतपत्र १० लाख थान छापिने केन्द्रले जनाएको छ । यो काम बिहीबार सकिने छ ।
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत सङ्गठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियत दुरुपयोग गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् । यो पछिल्लो पाँच वर्षमा गरिएको कारबाही सङ्ख्या हो । प्रहरीको सामाजिक सञ्जा
झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् । शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टाछुट्टै अनुसन्धान गर्ने भएका हुन् ।
काठमाडौँ उपत्यकामा गुड्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेको पाइएको छ । ती सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त हानिकारक कालो धुवाँ फालिरहेका कारण पनि उपत्यकाको चिसो मौसममा वायु प्रदूषण तीव्र भइरहेको वातावरण विभागको दाबी छ ।
प्राकृतिक स्रोतको अवैध दोहन रोक्न जिल्ला प्रहरी कार्यालय दोलखा सक्रिय भएको छ । जिल्लाको विभिन्न स्थानका खोला तथा नदी किनारमा मापदण्ड विपरित हुने ढुङ्गा, बालुवा उत्खनन् र ओसारपसारलाई लक्षित गर्दै प्रहरीले सक्रियता बढाएको हो।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ।
काठमाडौं, पुस २३ गते । जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा मन्त्रालयको सभाहलमा अहिले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा तीनजनाको निधन भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुमपश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।
मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार जनकपुरधाममा शान्तिपुर्णरुपमा मनोयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।
नेपाल भारत सीमा नाकाको भारततर्फ रुपैइडिहामा रहेको चेकपोष्टमा भारतीय सुरक्षा निकाय एसएसबीले सुरक्षा कडा पार्दै पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गरेको छ।
२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।