शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मकवानपुर, वैशाख ३ गते । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ ।
करिब २ हप्ता भित्र कोइला आई पुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताउनुभयो । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उहाँले जानकारी दिनुभयो । रासस