हेटौँडामा फुटबल खेलाडीको अभावमा हुन थालेपछि वडा कार्यालयले तत्परता देखाउँदै प्रशिक्षण सुरु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसियाली विकास बैँक (एडिबी)का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
विश्वव्यापी ऊर्जा सङ्कटले अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरिरहेका बेला बङ्गलादेशले तत्काल ऊर्जा आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ ।
पहिलो पटक मधेश प्रदेशको सर्लाहीमा आयोजना हुन लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको तयारी सुरु गरिएको छ । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी बैशाख १५, १६ र १७ गते सर्लाहीको चन्द्रनगर गाउँपालिकामा हुन लागेको पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सवबारे जानकारी दिएको हो ।
संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार आइपुग्नुभएको छ । वासिङ्टन र तेहरानबिच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उहाँले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।
इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन् । इरानी बन्दरगाहमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन् ।
कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।
गायक तथा सङ्गीतकार ईश्वर अमात्यले कुशेऔंसीको पूर्वसन्ध्यामा यःमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा आज बिहीबार सार्वजनिक गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि ३२ बुँदे विशेष निर्देशन जारी गर्नुभएको छ।
ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ।
सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ ।
नवौँ संस्करणको ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते काठमाडौँमा हुने भएको छ ।
आर्सनल र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआइटिएफ) को आयोजनामा २५औँ आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।