जुम्लाका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । जिल्लाभरी अटो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
प्रहरीले चुरे भेगको दुर्गम क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फँडानी गरेको छ । बर्दिवास ५ को चुरे क्षेत्रको विकट वस्ति वरडाँडाका ४ विगाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार छनोट गर्दै छन् । यतिबेला सबै जसो दलका तल्ला कमिटीबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया चलिरहेको छ तर उम्मेदवार छनोटमा महिला उपेक्षामा परेको गुनासो भइरहेको छ । हालसम्म सिफारिस भएका उम्मेदवारको सूची हेर्दा महिलाको सङ्ख्या नगण्य रहेको एमालेकी केन्द्रीय सदस्य पद्मा खड्काले बताउनुभयो ।
मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फुको नाम्लाङखोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन । स्थानीय सरकारले सङ्घीय सरकारसँग तामाखानीको अन्वेषण तथा उत्खननका लागि पटक पटक माग गरिरहन्छ तर कुनै सुनुवाइ हुन सकेको छैन ।
पुस महिना सुरु भएसँगै बाजुरामा चिसो निकै बढेको छ । अहिले यहाँका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भएको छ । चिसोले गर्दा भने परीक्षा प्रभावित भएको छ । कक्षा कोठामा परीक्षा दिन गाह्रो भएपछि यहाँका बालबालिका बाहिर घाममा बसेर परीक्षा दिने गरेका छन् । कक्षाकोठामा परीक्षा दिन समस्या भएपछि दोस्रो त्रैमासिक परीक्षा बाहिर घाममा बसेर दिने गरेको तोली देवलडाँडा माविका छात्र सङ्गीता साउदले बताउनुभयो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ३ सकरपुरामा सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन प्रवर्धनका लागि आवश्यक ऐननियम तथा कार्यविधि बनाउन आवश्यक रहेको बताउनुभएको छ । बडीमालिका र रामारोशन वनक्षेत्रलाई दिगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा धनगढीमा भएको छलफलमा उहाँले पर्यटन प्रवर्धन तथा संवर्धन र वनक्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको बताउनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित हुनुभएको छ । राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जैविक गाउँको पहिचान बनाएको ताराखोला गाउँपालिका–३ को हिलस्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्व किसानको बारीभरी किवी लटरम्म फलेका छन् ।
काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् ।
रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो ।
शीतलहर चलिरहेको बेला सप्तरीको महादेवा गाउँपालिकामा फाइबर सिरक वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित दुर्गापुरमा दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई बुधबार एक कार्यक्रमकाबिच फाइबर सिरक वितरण गरिएको हो ।
सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ ।
निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो ।