दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका किसान कृत्रिम जलाशयको सिँचाइ सुविधाले मनग्गे आम्दानी गर्न सफल भएका छन् । करिब १० बिघा क्षेत्रफलमा निर्माण गरिएको जलाशयबाट सिँचाइ सुविधा पुगेपछि सिङ्गो गाउँका किसान बाह्रै महिना व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । २०७७ सालमा जलाशय निर्माण भएपछि किसानको दैनिकी नै फेरिएको स्थानीय कृषक कृष्णी चौधरीले बताउनुभयो ।
हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनले निम्तिने सङ्कटबिच सांसदको भूमिका अझै महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले सांसदले विधायिका, निगरानीकर्ता र जनप्रतिनिधिको गरी त्रिआयामिक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाह विश्वका प्रभावशाली एक सय व्यक्तिको सूचीमा पर्नुभएको छ । प्रधानमन्त्री शाह विश्वप्रसिद्ध ‘टाइम’ म्यागेजिनले सार्वजनिक गरेको सन् २०२६ मा विश्वका प्रभावशाली एक सय व्यक्तिको सूचीमा पर्नुभएको हो ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ –११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ।
बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालन रोक्न माग गर्दै वैधानिकता पाएका ई–रिक्सा चालकहरूले आन्दोलन सुरु गरेका छन् ।
कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट हुने ढुवानीमा व्यापक कमी आएको छ । बजार विश्लेषण गर्ने फर्म ‘केप्लर’ को तथ्याङ्कअनुसार मार्च महिनामा ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने वस्तुको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ ।
नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुटेका नेताहरूको एक बैठकले आगामी वैशाख ६ गते आइतबार काठमाडौंमा बृहत भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ ।