स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको करिब ३० प्रतिशतमात्रै वित्तीय प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्त सम्म खर्च न्युन देखिएको हो ।
दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ ।
सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ ।
जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।
रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो ।
जाजरकोटका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१२ अवलगुर्ताका अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही स्थानस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजनीतिक दलका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन सबैको चासोको विषय बनेको छ । यसलाई सम्बोधन गर्न सरकारले जनताको माग र निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार काम सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले २०६२/६३ सालदेखि हाल (२०८२/८३) सम्म सार्वजनिक पदधारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुनेभएको छ। यसअघि साप्ताहिक तीन उडान भएकोमा अबदेखि साप्ताहिक चार उडान हुनेभएको हो।
भारी राजनीतिक उलटफेरपछि पूर्ण बहुमतसहित गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आमजनतामा एउटा साझा अपेक्षा देखिएको छ, ‘केही गरोस् ।’ यो अपेक्षा केवल सामान्य आशा होइन; यो नेपाली जनताको लामो राजनीतिक अनुभव, निराशा, सङ्घर्ष र परिवर्तनको चाहनाबाट जन्मिएको सामूहिक भावना हो । ‘केही गरोस्’ भन्ने वाक्यांशको अर्थ सतही रूपमा बुझ्न मिल्दैन । यसभित्र जनताको गहिरो पीडा, आकाङ्क्षा
दाङको दंगीशरण गाउँपालिका–३ चखौरामा आजदेखी तीनदिने ‘रैथाने खाना महोत्सव’ हुने भएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको सहयोगमा र थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा महोत्सव आयोजनामा हुन लागेको हो।
निजामती सेवा राज्यको मेरुदण्ड हो । यो कुरो हामीले बारम्बार दोहो¥याउँदै आएका छौँ । विशेष गरी निजामती सेवा ऐन र नियमावलीको परिपालनामार्फत चलेको हुन्छ । निजामती सेवा ऐन संसद्बाट स्वीकृत हुनु पर्छ भने नियमावली नेपाल सरकारले ऐनको परिधिमा रहेर निर्माण गरी स्वीकृत गरेको हुन्छ । यथार्थमा, हाम्रो निजामती सेवा आफ्नो मूल उद्देश्य, गुणस्तरीय, छिटो र नागरिकमैत्री सेवा प्रवाहबाट क्रमशः विचलित हुँदै गएको देखिन्छ । सेवा प्रवाहमा ढिलासुस्ती, प्रक्रियामुखी जटिलता र परिणामहीनता
आज अप्रिल १७ तारिख । प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको अप्रिल १७ का दिन हेमोफिलिया रोग दिवस पर्छ । फ्रान्क सनवेलको जन्मोत्वस अवसर पारेर यो दिवस मनाउने गरिन्छ । सनवेल विश्व हेमोफिलिया महासङ्घका संस्थापक हुन् । सन् १९८९ बाट प्रत्येक वर्ष यस दिन हेमोफिलिया रोगबारे सचेतना जगाउने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘पहिचान नै उपचारको पहिलो खुड्किलो’ भन्ने नारासाथ यो दिवस मनाइँदै छ । हेमोफिलिया एकप्रकारको रगतजन्य रोग हो । जसमा रगत जम्न गाह्रो हुन्छ । अर्थात् यसरी पनि भन्न सकिन्छ कि रगत सजिलै जम्न सक्दैन, लगातार बगिरहन्छ । वैज्ञानिक तथा चिकित्स