भीरकोट नगरपालिकाले “मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर” सञ्चालन गरेको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेका नागरिकको प्रमुख आवश्यकता स्वास्थ्य सेवा रहेको निष्कर्षका आधारमा नगरपालिकाले शिविर सञ्चालन गरेको हो ।
समाजमा व्याप्त अन्याय, विकृति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिविरुद्ध बाँकेको कोहलपुर चौराहामा सांकेतिक विरोध प्रदर्शन गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा गर्मी बढेर तातो हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
बाँकेको खजुरा गाउँपालिका वडा ४ डि गाउँमा सोमबारदेखि सुरु भएको एम्टी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ।
जियोपोलिटिक्स (भूराजनीति) लाई परम्परागत राज्य सुरक्षा केन्द्रित सोचभन्दा फरक ढङ्गले लैंगिक दृष्टिकोणबाट पुनस्परिभाषित गर्नुपर्नेमा जोड दिइएको छ ।
कान्द्रा कटैनी उपजलाधारका प्रमुख सवाल, मुख्य समस्या, चुनौती र अवसरहरुका विषयमा जलाधार नागरिक अन्तरसंवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ५ कुवापानीका मगर समुदाय मौलिक कला संस्कृति संरक्षणमा जुटेका छन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा कालाजार विरुद्ध सक्रिय खोज तथा परीक्षण अभियान सुरु गरिएको छ । जोखिमयुक्त बस्तीलाई लक्षित गर्दै स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर परीक्षणमा जुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धविरामका प्रमुख मध्यस्थकर्ता, पाकिस्तानका प्रधानमन्त्रीले बिहीबार कतारका अमिरसँग भेट गर्नुभएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध दश करोड ५४ लाख ९५ हजार ८७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हेटौँडामा फुटबल खेलाडीको अभावमा हुन थालेपछि वडा कार्यालयले तत्परता देखाउँदै प्रशिक्षण सुरु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसियाली विकास बैँक (एडिबी)का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
विश्वव्यापी ऊर्जा सङ्कटले अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरिरहेका बेला बङ्गलादेशले तत्काल ऊर्जा आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ ।