पर्यटकीय क्षेत्र सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । चौतारा साँगचाकेगढी नगरपालिका–१० मा अवस्थित अरनिको राजमार्गमा जोडिएको सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि उपचार सेवा लिनको भीड बढ्न थालेको छ ।
नेकपा एमाले कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
स्वस्थानी व्रतकथा नेपालीको जनजीवनमा अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । यो कथा कसले र कहिले रचना गरेको हो भन्ने प्रामाणिक आधार भने पाइँदैन तर स्वस्थानी व्रतकथाका बारेमा नै विद्यावारिधि कार्य सम्पन्न गर्ने जेसिका ब्रिकेनहोल्जले स्वस्थानी व्रतकथा विसं १६०३ मा लेखिएको भन्ने सन्दर्भ उल्लेख गरेकी छन् ।
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थापन प्राविधिक कार्य मात्र नभई राष्ट्रप्रतिको दायित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धता भएकाले सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो ।
लहान नगरपालिकाको सहरी क्षेत्रसँग नजिक रहेको पर्यटकीय स्थल देवीदह संरक्षणको अभावमा ओझेलमा पर्न थालेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन हुनुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।
दोलखामा तिब्बतसँगको सिमाना जोड्ने फलाकसम्म सडक ट्र्याक खोल्न लागिएको छ । बिगु गाउँपालिका र वडा नम्बर १ लामाबगरले २५ लाख रुपियाँको लागतमा ट्र्याक खोल्न लागिएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार डोजर लगाएर हाललाई कच्ची सडक निर्माण गर्न लागिएको हो । सडक बनेपछि लामाबगरबाट सिमानासम्म सिधै यातायात सञ्चालनमा आउने छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
स्वास्थ्य कार्यक्रमहरुको सूचकाङ्कमा बाँकेको डुडुवा गाउँपालिकाले जिल्लाकै पहिलो स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको पूजा गरेका हुन् ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले जिल्लाका दुई हजार १०१ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी गरेको छ ।
अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा