दाङको दंगीशरण गाउँपालिका–३ चखौरामा आजदेखी तीनदिने ‘रैथाने खाना महोत्सव’ हुने भएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको सहयोगमा र थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा महोत्सव आयोजनामा हुन लागेको हो।
निजामती सेवा राज्यको मेरुदण्ड हो । यो कुरो हामीले बारम्बार दोहो¥याउँदै आएका छौँ । विशेष गरी निजामती सेवा ऐन र नियमावलीको परिपालनामार्फत चलेको हुन्छ । निजामती सेवा ऐन संसद्बाट स्वीकृत हुनु पर्छ भने नियमावली नेपाल सरकारले ऐनको परिधिमा रहेर निर्माण गरी स्वीकृत गरेको हुन्छ । यथार्थमा, हाम्रो निजामती सेवा आफ्नो मूल उद्देश्य, गुणस्तरीय, छिटो र नागरिकमैत्री सेवा प्रवाहबाट क्रमशः विचलित हुँदै गएको देखिन्छ । सेवा प्रवाहमा ढिलासुस्ती, प्रक्रियामुखी जटिलता र परिणामहीनता
आज अप्रिल १७ तारिख । प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको अप्रिल १७ का दिन हेमोफिलिया रोग दिवस पर्छ । फ्रान्क सनवेलको जन्मोत्वस अवसर पारेर यो दिवस मनाउने गरिन्छ । सनवेल विश्व हेमोफिलिया महासङ्घका संस्थापक हुन् । सन् १९८९ बाट प्रत्येक वर्ष यस दिन हेमोफिलिया रोगबारे सचेतना जगाउने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘पहिचान नै उपचारको पहिलो खुड्किलो’ भन्ने नारासाथ यो दिवस मनाइँदै छ । हेमोफिलिया एकप्रकारको रगतजन्य रोग हो । जसमा रगत जम्न गाह्रो हुन्छ । अर्थात् यसरी पनि भन्न सकिन्छ कि रगत सजिलै जम्न सक्दैन, लगातार बगिरहन्छ । वैज्ञानिक तथा चिकित्स
लहान नगरपालिका–४ स्थित खुटी नदीको दक्षिणी भागमा रहेको खाली ठूलो मैदानमा ‘यज्ञभूमि क्रिकेट रंगशाला’ निर्माण कार्य सुरु भएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा आज (शुक्रबार) देखि ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ सुरु हुँदै छ ।
१०० वर्ष अघिको गोर्खापत्र
घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–५, कुवापानीका स्थानीय मौलिक कला संस्कृति संरक्षणमा जुटेका छन् । गाउँमा भएका पाका र युवापुस्ता पुख्र्यौली नाचको संरक्षण र पुस्तान्तरणमा सक्रिय भएका हुन् ।
धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति भीषण आगलागी भएको छ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदै छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने पर्वलाई आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औँसी पनि भनिन्छ । सो अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रहिआएको छ । आमा नभएकाले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
अर्थतन्त्रमा विद्यमान संरचनात्मक र नीतिगत अवरोधलाई समाधान गर्न सरकारले व्यापक सुधारको तयारी थालेको छ । यस क्रममा असान्दर्भिक दर्जनौँ ऐनको खारेजीदेखि सुशासनमा शून्य सहनशीलता र बलियो वित्तीय सङ्घीयतालाई सरकारले प्राथमिकतामा राखेको छ । यसको कार्यान्वनयमार्फत अर्थतन्त्रको आकार एक सय अर्ब डलर पु¥याउने लक्ष्य पनि सरकारले सार्वजनिक गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतका सबै निकायलक्षित ३२ बुँदे निर्देशन जारी गरेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिहीबार ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समयसीमासहित निर्देशन जारी गर्नुभएको हो । मन्त्रालयले सबै कार्ययोजना तोकिएको समयसीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकेको छ । साथै नियमित रूपमा सघन अनुगमनसमेत हुने मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (शुक्रबार) देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालन ल्याइएको सो उद्योगको उत्पादन फेरि बन्द भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ८२ पैसा र बिक्रीदर १४९ रुपियाँ ४२ पैसा तोकिएको छ ।