नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ७४ पैसा र बिक्रीदर १४४ रुपियाँ ३४ पैसा तोकिएको छ ।
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।
विराटनगर महानगरपालिकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय लिएको छ । बिहीबार १७ औँ नगर अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय लिइएको हो ।
राष्ट्रिय मानव अधिकारले आगामी फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन अनुगमनको तयारीमा रहेको जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै विगतका निर्वाचनमा समेत अनुगमन गरी सरकार, राजनीतिक दल, सञ्चारकर्मी, अनुगमनकर्ता र पर्यवेक्षकलाई सुधार गर्नुपर्ने विषयमा विभिन्न सिफारिस गर्दै आइरहेको उल्लेख छ ।
नेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको प्रस्ट पार्दै विशेष महाधिवेशन रोक्न अपिल गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ ।
पूर्व सहरी विकासमन्त्री तथा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले देशमा केही भएन भनेर सराप्दै हिड्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ।
भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ।
रुकुमपश्चिममा करिब तीन करोडको लगानीमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण शुभारम्भ भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका दलका नेताले ताप्लेजुङमा निर्वाचन लक्षित परामर्श सुरु गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिलकुमार सिन्हालाई तोक्नुभएको छ ।
नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध र शान्ति सुरक्षाको सवालमा छलफल भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।