बैतडीबाट विभिन्न औषधी तथा औद्योगिक प्रयोजनमा प्रयोग हुने करिब १० प्रकारका महत्वपूर्ण जडीबुटी निर्यात हुँदै आएको छ । बैतडीबाट लोक्ता (नेपाली कागज उत्पादनमा प्रयोग हुने), चुत्रो (स्थानीय भाषामा कृमडा), चिराइतो, तेजपत्ता, पाषाणभेद, सुगन्धवाल, तितेपाती, टिमुरलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । बैतडीमा ३७५ वटा सामुदायिक वन र १७४ कबुलियत वन र ग्वालेक्ककेदार प्रस्तावित वन र सिगास प्रस्तावित वनसमेत गरेर ५४९ कायम गरिएका भए पनि तिनको नवीकरण तथा व्यवस्थापन प्रक्रिया भने प्रभावकारी देखिएको छैन । बैतडीमा करिब ४५ हजार ३२५.८ हेक्टर वन क्षेत्र रहेको छ ।
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन अवस्थामा छन् । सब (इलाका सेवा कार्यालय) सेन्टरका भवन, मनोरञ्जन पार्क, सामुदायिक भवन, विभिन्न स्मृति नामका भवन र तरकारी सङ्कलन गर्न बनाइएको चिस्यान केन्द्रसमेत अलपत्र अवस्थामा छन् ।
बाँकेको जानकी गाउँपालिकाले विपन्न परिवारलाई लक्षित गरी आयआर्जन वृद्धिका लागि उन्नत जातका बाख्रा वितरण गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ ।
स्याङ्जाको हरिनास गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणले गति लिएको छ । गाउँमा नै सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुँदा आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउनेमा हरिनास क्षेत्रका स्थानीय आशावादी भएका छन् ।
अबदेखि सबै स्थानीय तहले नागरिकको गुनासो, सुझाव तथा सेवा अनुरोधलाई प्रभावकारी छिटो र परिणामुखी रूपमा सम्बोधन गर्न २४ घन्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्नुपर्ने भएको छ । उक्त कार्यका लागि फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने बहुच्यानलको व्यवस्था गर्नुपर्ने छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको एक सय कार्यसूचीमा उल्लेखित विषयमा स्थानीय तहको क्षेत्राधिकार अन्तर्गत पर्ने कार्र्य कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसूचीमा उल्लिखित कार्य कार्यान्वयन गर्न सबै जिल्ला समन्वय समिति, गाउँपालिका तथा नगरपालिकालाई परिपत्र गरेको छ । स्थानीय तहले फ्रन्ट डेस्कमा कार्यरत सबै कर्मचारीलाई कार्यालयबाट उपलब्ध हुने सबै सेवाको तालिम प्रदान गर्ने र तालिमको आवश्यकताबारे
प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्नुभएको छ ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीको पर्यटन विकासका लागि १० बर्से दीर्घकालीन गुरुयोजना तयार परेको छ । सोही गुरुयोजना अनुसार अब कर्णालीको पर्यटनको विकास गरिने जनाइएको छ । मन्त्रालयका सचिव अजितकुमार कर्णले प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि १० बर्से दीर्घकालीन गुरुयोजना तयार पारेर अगाडि बढेको बताउनुभयो । गुरुयोजनामा विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । साथै ‘गन्तव्य कर्णाली’ मोबाइल एपमार्फत पर्यटकलाई सूचना दिने कार्य भइरहेको बताउँदै उहाँले मोबाइल एप्समा होटेल, रुट, शुल्क र दुरीको विस्तृत जानकारी रहेको बताउनुभयो ।
म्याग्दीको बेनीसँग नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा अवस्थित गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।
पूर्वी र पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट बग्ने नारायणी नदीको बाढी गत वर्ष सुस्तागाउँमा पसेपछि सुस्तामा अहिले नदी नियन्त्रणको काम भइरहेको छ । सङ्घीय सरकारको झन्डै १२ करोड रुपियाँको लगानीमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव सिधै सुस्ताको बस्तीतर्फ सोझिएकोले वर्षायाममा हुन सक्ने जोखिमलाई हेरेर बाढी नियन्त्रणको काम सुरु गरिएको हो ।
एकजना मित्रसँग जम्काभेट भयो । भर्खर मात्र भयरहित सार्वजनिक समाजमा प्रकट भएका उनको विचारमा चर्को रापताप थियो । युुद्ध जितेर फर्किएको लेसनायक झैँ उनी मसँग मेरो सार्वजनिक लेखनका
राष्ट्रिय गौरवका रूपमा निर्माणधीन पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड सात वर्षमा निर्माण सम्पन्न हुने भएको छ । ४२ महिनामा सम्पन्न गर्ने गरी ११३ किलोमिटर सडक चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्कामा लिएको सात वर्ष पुग्न अब तीन महिना मात्रै बाँकी छ । सो अवधिभर निर्माणको काम सकेर सरकारलाई सडक हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको ठेकेदार पक्षले दाबी गरेको छ ।
भारतको नयाँ दिल्लीस्थित अक्षरधाम विश्वकै ठुलो हिन्दु मन्दिरमध्ये एकका रूपमा परिचित छ । सोही अक्षरधामका प्रमुख जगदगुरु स्वामी मुनिवत्सलसहित महन्तहरूले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित रङ्गवैकटेश मन्दिर र श्रीधराचार्य शालग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म बिक्री हुन थालेपछि किसानको चासो बढेको हो ।
बुटवलमा सडक अतिक्रमण हटाउन बुटवल उपमहानगरपालिकाले डोजर लगाएको छ । पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभाबी व्यापार गर्ने प्रवृत्ति बढेपछि नियन्त्रणका लागि उपमहानगरपालिकाले डोजर प्रयोग गरेको हो ।