सरकारी सेवालाई नागरिकको घरदैलोमा पुगाउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्करालाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्।
सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ ।
निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित दामोदरकुण्ड दर्शनका क्रममा नुवाकोटका ७० वर्षीय एक वृद्ध अचानक बेहोस भएका थिए ।
धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न छ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। पक्राउ पर्नेमा सवारी अङ्गभङ्ग मुद्दाका एक जना, ज्यान मार्ने उद्योगका एक जना र मन्दिर परिसरमा धारिलो हतियारले केक काटेर जन्मदिन मनाउने चार जना रहेका छन्।
। वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा ।
भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ ।
सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्कराहरूलाई उत्प्रेरणा तथा अभिमुखीकरण प्रदान गरेको छ।
इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबिच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ ।
पूर्वी पहाडमा सांस्कृतिक तथा कलात्मक गतिविधि विस्तार गर्ने उद्देश्यसहित धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।