अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको लेबनान र इजरायल बिचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ ।
निजी विद्यालयहरूको शुल्कसम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएका भ्रमपूर्ण र अतिरञ्जित सामग्रीप्रति निजी विद्यालयसम्बद्ध संस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
फिलिपिन्सको सुरक्षा बलले आफूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको दक्षिणमा प्रहरी र सैनिकसँगको गोलीबारी भएको थियो ।
म्यान्मामा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदी रिहा गरिए पनि राजनीतिक बन्दीको भविष्य भने अझै अन्योलमै देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि बैशाख ५ गतेदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरु गर्ने भएको छ ।
दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहीबारदेखि तुलसीपुर उपमहानगरपालिका वडा १७ मा रहेको बेलझुण्डी रङ्गशालामा सुरु भएको छ ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित दुई दिने १९ औँ कला साहित्य यात्रा सम्पन्न भएको छ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो ।
पछिल्लो समय रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा तीन पाङ्ग्रे विद्युतीय रिक्सा (ई–रिक्सा) वैदेशिक रोजगारीको विकल्प बन्दै गएको छ ।
सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।
पाँचथर सदरमुकाम फिदिम बजारको मुख्य भागमा निर्माण हुन लागेको ‘लिम्बुवान गेट’ को काम सुरु गरिएको छ ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को काम तत्काल अगाडि बढ्ने भएको छ ।
स्थानीय तहको अवस्था फरक रहेको भन्दै स्याङ्जाका दुई पालिकाले भर्ना अभियान सुरु गरेका छन् ।
स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ ।