आगामी प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिमका व्रिmयाशील राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले उम्मेदवार सिफारिस गरेका हुन् ।
तनहुँको भिमादमा जिल्लाकै सबैभन्दा धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भिमाद नगरपालिका–६ को आयोजनामा आगामी माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–२०८२’ सञ्चालन हुन लागेको हो ।
कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने र त्यसको चौतर्फी असर बढ्न थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ३२ पालिकामा बालविवाह अन्त्यको रणनीति तयार भएको हो । तीन वर्षको अवधिमा ती रणनीति बनेका हुन् ।
कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडकखण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा–जाजरकोट जोड्ने सडक अन्तर्गत टोप्ला–इमिल्छा हुँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो ।
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।
संयुक्त राष्ट्रसङ्घ (युएन) मा गैरसरकारी संस्थाका तर्फबाट बुझाउने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छाया प्रतिवेदनमा कर्णालीका समस्या सम्बोधन गर्न सुझाव दिइएको छ । बुधबार सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशमा केही हानिकारक प्रथा रहेकोले महिला हिंसा, जातीय विभेद र छुवाछुत, अशिक्षा जस्ता विषयलाई पनि छाया प्रतिवेदनमा समेट्न सुझाव दिइएको हो ।
महोत्तरीमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा दृष्टिले संवेदनशील तयारी गरिएको छ । जिल्लाका अधिकांश मतदानस्थलहरू संवेदनशील तथा अतिसंवेदनशील वर्गमा परेकाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
जनगणना–२०७८ अनुसार नेपालमा खस भाषा बोल्नेको पहिचान हुनुका साथै भाषा बोल्नेको सङ्ख्या पनि बढेको छ । पछिल्लो जनगणनामा खस भाषीको छुट्टै तथ्याङ्क लिएकोमा सङ्ख्या बढेको पाइएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालनमा आउदा भाडादर सस्तिएको छ । यसअघि बोलेरो जिप मात्र सञ्चालन हुँदा भाडादर मनपरी लिने गर्दा यात्रुहरुले चर्को भाडा तिर्नु पर्ने बाध्यता रहेको थियो । यद्यपी, अब सो अवस्था हटेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले
ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो सडकका रूपमा छ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी– सिंहदेवी सडक अलपत्र भएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले विसं २०७६ साउन २० गते ठेक्का लगाएको सडकको काम निर्माण कम्पनीले छोडेपछि अलपत्र भएको हो । उत्तरी मोरङको केराबारी–२, सिंहदेवी
कञ्चनपुरमा सङ्क्रामक रोगको यकिन तथ्याङ्क पाउन मुस्किल बन्दै गएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यहाँका निजी स्वास्थ्य संस्था दर्ता नहुँदा स्वास्थ्य सेवाको प्रभावकारिताको उचित मूल्याङ्कनसमेत हुन सकेको छैन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बुडाँडामा रहेको सौर्य मिनिग्रिड चार महिनादेखि मर्मत नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । चट्याङ परेर सौर्य मिनिग्रिडमा क्षति पुगेपछि विद्युत् सेवा चार महिनादेखि अवरुद्ध बनेको हो ।
ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् ।