सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ । सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चाँगुनारायण नगरपालिका वडा-९ को सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आयोजना गरेको दुई महिने “ढाका बुनाई” तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष लिनुभएको हो ।
बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताउनुभएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कङ्कालिनी मन्दिर प्राङ्गणमा तरबारले केक काटेपछि चार जना पक्राउ परेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।
इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा आन्द्राको शल्यक्रिया गरिएको छ ।
ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि कपिलवस्तुको तौलिहवामा १० औ प्राचीन कपिलवस्तु महोत्सव हुने भएको छ ।
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
गुल्मीमा ६२ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।