झापाको कनकाई नगरपालिका –५ चप्रामारीमा ठूलो परिमाणमा लागुऔषधसहित खैरो हिरोईन सहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।
विभिन्न प्रयोजनका लागि राहदानी बनाएर पनि लामो समयसम्म लिन नआउने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाकमार्फत घरमै राहदानी पठाउन सुरु गरेको छ ।
वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ ।
लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा – थार अन्तर्राष्ट्रिय सम्मेलन २०८३’ सुरु भएको छ।
लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो छ महिनाको अवधिमा विभिन्न अपराधसँग सम्बन्धित पाँच हजार ५६६ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया (अपरेसन) सेवा पूर्ण रूपमा बन्द भएको छ । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलालाई सेवा दिँदै आएको अस्पतालमा एमडीजीपी चिकित्सक अभाव भएपछि चैत २८ गतेदेखि सेवा ठप्प भएको हो ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले नेपालगन्जस्थित रंगशाला, कभर्ड हल र स्वीमिङ पूल लगायतका खेलकुदका भौतिक पूर्वाधारको निरिक्षण गर्नुभएको छ ।
जेबिएम फुटबल एकेडेमी लखनउ बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले रैथाने परिकारलाई पर्यटन र व्यवसायसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका ११ मा एक पुरुषको शव फेला परेको छ । शुक्रबार दिउँसो सर्केनाको सल्लेरीस्थित जंगलमा शव फेला परेको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो ।
रौतहटको राजदेवी नगरपालिका वडा ८ सोफियामाई सिमा इलाकाबाट श्रोत नखुलेको ५ लाख २२ हजार रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई व्यक्तिलाई पक्राउ गरेको छ ।
भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ ।
निर्माण व्यवसायीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यपछि निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिसँगै कार्टेलिङले निर्माण उद्योग समस्यामा परेको बताएका छन्।