युद्धविरामको बावजुद गाजामा भएको इजरायली आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १३ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
तनहुँको सदरमुकाम दमौलीमा १३ भन्दा बढी जातजातिको साझा सांस्कृतिक उत्सव सुरु भएको छ । ‘छैटौँ तनहुँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ को अवसरमा १५१ भन्दा बढी सांस्कृतिक समूहले आ–आफ्नो मौलिक पहिचान झल्कने झाँकी र नृत्य प्रदर्शन गरेका छन् ।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।
इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्णरूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आठ सय ६१ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन्
म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ ।
आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ ।
सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण भएको छ ।
उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूबिच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समर्थन गरेको विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।
सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगन्जले शीतलहर तथा अत्यधिक जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक पहल गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ ।
उत्तरी गोरखाको हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका गण्डकी प्रदेशमै स्थानिय तहबाटै स्थायी लेखा नम्बर (प्यान) कार्ड जारी गर्ने पहिलो पालिका बनेको छ ।
जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।
नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि अर्थात् पुस २६ गते बस्ने भएकाे छ ।
कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ ।