स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गर्नु भएको छ । मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताइएको जनाइएको छ ।
दाउरा काट्ने क्रममा रुखबाट लडेर उदयपुरको चौडण्ढीगढी नगरपालिका –७ हाङबजार निवासी एक महिलाकोे शुक्रबार मृत्यु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउने गरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ ।
बाँकेको जानकी गाउँपालिका –२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठवटा जनावर जलेर मरेका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एक जना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बुद्ध एयरले राजविराज विमानस्थलबाट दैनिक दुई उडान सञ्चालन गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि रात्रिकालीन उडान अझै सुरु हुन सकेको छैन।
थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ । थारू समुदायको इज्जत बढाउने काम गरेको भन्दै बातचित घरले उहाँलाई सम्मान गरेको हो ।
एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।
थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणामाथि खेद जनाउँदै चिन्ता व्यक्त गर्नु भएको छ ।
बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालयले एक करोडभन्दा बढी आम्दानी गरेको छ ।
रुसले युक्रेन विरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातोद्वारा विपन्न, असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ ।
चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।