महोत्तरी जिल्लाका किसान यतिबेला चैतेबाली अन्तर्गत गहुँ, रहरलगायत बाली भित्र्याउने चटारोमा छन् । बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम्भावित क्षति टार्न उनीहरू हतार हतारमा खेतमै खटिन बाध्य भएका हुन् । बिहानदेखि बेलुकासम्म किसान गहुँ काट्ने, थ्रेसरमार्फत दाना छुट्याउने र सुरक्षित भण्डारण गर्ने काममा व्यस्त छन् ।
आगामी सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गर्दै अब सूचीकृत कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिबार पार्टीका शीर्ष नेताबिच छलफल हुने भएको छ । कांग्रेस सहमहामन्त्री एवं संसदीय दलको नेताको निर्वाचन समिति संयोजक प्रकाश स्नेही रसाइलीका अनुसार शक्रबार सहमति जुटाउने प्रयास निष्कर्षमा नपुगेपछि शीर्ष नेतासँग छलफल तय भएको हो ।
सगरमाथाको ३१ औँ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका प्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्ने तयारीमा लाग्नुभएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि काठमाडौँबाट लुक्ला, फाक्दिङ, नाम्चे हुँदै सगरमाथा आधार शिविरतर्फको यात्रामा रहनुभएका ५६ वर्षीय शेर्पा ३२ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउने तयारीमा लाग्नुभएको हो । उहाँले भन्नुभयो, “फोर्टिन पिक एक्सपिडिसन कम्पनीबाट सगरमाथा आरोहण गर्ने तयारी अनुसार नौ जना विदेशी आरोहीसहित सगरमाथा क्षेत्रमा प्रवेश गरेको छु । कीर्तिमानका लागि नभएर आरोहणको पेसालाई निरन्तरता दिँदै विदेशी आरोहीको पथप्रदर्शकका रूपमा आरोहणमा सहभागी हुन लागेको हुँ ।”
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरिका सांसद एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक सङ्कट, असमानता र युवा बेरोजगारी जस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्नुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सङ्घीय निजामती सेवा विधेयकको मसौदा बाहिर चर्चा भए जस्तो तोडमोड नभएको बताउनुभएको छ । विधेयकको मसौदाका विषयवस्तुका बारेमा विभिन्न सञ्चार माध्यममा विभिन्न चर्चा भएको भन्दै उहाँले बाहिर चर्चा भए जस्तो परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) ले पार्टीको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरी गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्ने लगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ ।
कैलालीको कैलारी गाउँपालिकाका जलउपभोक्ता कृषकले गुर्गी सिँचाइ आयोजनालाई यसै आर्थिक वर्षमा बहुवर्षीय ठेक्कामा लग्न प्रदेश सरकारसँग माग गरेका छन् ।
आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
बैतडीमा मातातीर्थ औँसीको अवसरमा १९ जना ज्येष्ठ आमालाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाँडाले ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो ।
सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच आज छलफल भएको छ ।
धनकुटामा चियासँग कविता कन्सर्ट आयोजना गरिएको छ ।