नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
अबदेखि बैङ्कमार्फत चेकबाट कारोबार गर्दा पाँच लाख रुपियाँ मात्र झिक्न पाइने भएको छ । यसअघि उक्त सीमा १० लाख रुपियाँ रहेकामा नेपाल राष्ट्र बैङ्कले शुक्रबार निर्देशन जारी गर्दै पाँच लाख रुपियाँमा झारेको हो ।
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेसलन ट्रान्सफर एकाउन्ट प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवनचक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी व्यवस्थित रूपमा गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठनले निजामती कर्मचारीको सञ्चित घर बिदाबापतको रकम वार्षिक रूपमा भुक्तान गर्र्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । निजामती कर्मचारीले सेवा अवधिभर १८० दिन घर बिदा पाउने र सोबापतको रकम सेवाबाट अवकाश हुँदा मात्र पाउने व्यवस्था छ ।
गोरखापत्र दैनिकले प्रकाशन गर्दै आएको लोक सेवा तयारीसम्बन्धी सामग्री अब सामाजिक सञ्जालका निजी खातामा पनि उपलब्ध हुने भएको छ । लोक सेवा आयोगको परीक्षा दिने तयारी गरिरहेका पाठकलाई लक्षित गरी गोरखापत्रमा प्रत्येक बुधबार नियमित रूपमा प्रकाशन हुँदै आएको ‘ज्ञान सागर’ अब निःशुल्क रूपमा मोबाइलमार्फत पनि उपलब्ध गराइने छ ।
नेपाली कांग्रेसभित्र नियमित रूपमै १५ औँ महाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धार देखिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो ।
गुल्मीमा पहिलो दिन ४६ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४१ पुरुष र पाँच जना महिलाले आवेदन दिएका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।
कोसेली घर निर्माणको लक्ष्यसहित सल्यानमा शुक्रबारदेखि महोत्सव सुरु भएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र श्रीनगरमा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्नुभयो ।
नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार नै अघि बढ्ने बताउनुभएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।