• ५ वैशाख २०८३, शनिबार

जेनजी आन्दोलनपछि भागेका ४१ कैदी अझै फरार

blog

तनहुँ कारागार भवन । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख ५ गते ।
गत वर्षको भदौ २३ र २४ गते तनहुँ कारागारमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ४१ जना फरार रहेका छन्।

कारागार प्रमुख सुवास केसीका अनुसार आन्दोलन उग्र बन्दै जाँदा भदौ २४ गते एकैदिन कुल ३२६ जना कैदीबन्दी कारागारबाट भागेका थिए।

“घटनालगत्तै सुरक्षा निकायले व्यापक खोजी सुरु गरेको थियो। अधिकांशलाई पुनः नियन्त्रणमा लिन सफल भए पनि ४१ जना अझै सम्पर्कमा आएका छैनन्,” उहाँले भन्नुभयो। उहाँका अनुसार फरार कैदीहरूको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन गरिएको छ र खोजी कार्यलाई थप तीव्र पारिएको छ।

प्रशासनका अनुसार फरारमध्ये धेरैजसो गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी रहेका थिए। सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्लासँग समन्वय गरी खोजी अभियान अघि बढाइएको कारागार प्रमुख केसीले बताउनुभयो।