नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि सुरु गरेको बजार अनुगमनका क्रममा पसलहरूमा म्याद नाघेका खाद्य पदार्थको खुला बिक्री भइरहेको पाइएको छ भने होटल तथा रेष्टुरेन्टहरूमा सरसफाइको अवस्था निकै नाजुक भेटिएको छ।
तनहुँमा राहदानी लिनका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण सुरु गरेकाले अन्त्य भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो पाँच दिनमा पाँच लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत सोमबारदेखि शुक्रबारसम्म पाँच लाख १४ हजार २५० रुपियाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
गोरुको घुम्ती चालसँग जोडिएको गहुँ दाउनीको परम्परा अहिले थ्रेसर मेसिनले अन्त्य गरिदिएको छ। आधुनिक प्रविधिको प्रयोगले किसानको श्रम मात्र होइन, समय र लागत पनि उल्लेख्य रूपमा घटाएको छ।
कपिलवस्तु नगरपालिका–१ का बालबिटोरी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले लालपुर्जा नपाउँदा समस्या भोग्दै आएका छन्। यस विषयमा ध्यानाकर्षण गराउँदै वडा कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी अब पार्टी नेतृत्वको काँधमा आएको बताउनुभएको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-७, मझौरामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।
विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल बुझाउनुपर्ने बिल पनि आइरहेको छ । सात वर्षयता धारामा पानी भने थोपो झरेको छैन ।
नेपाली साहित्यको इतिहासमा विभिन्न समयमा भएका आन्दोलनले समाजको ऐनाका रूपमा काम गरेका छन् । यी आन्दोलन केवल शैली परिवर्तनका लागि मात्र नभई तत्कालीन राजनीतिक निरङ्कुशता र सामाजिक जडताविरुद्धका वैचारिक विद्रोह पनि थिए । जसले नेपाली साहित्यमा धेरै मोड नै ल्याएका छन् । सुक्तिसिन्धु काण्ड १९७४ को सूत्रधार मोतीराम भट्ट र पद्मविलास पन्त हुनुहुन्थ्यो ।
बिस वर्षअघिसम्म पाँचथरको फालेलुङ र याङवाराक क्षेत्रका उच्च पहाड र हिमाली क्षेत्रमा मात्रै १० वटाभन्दा धेरै भेडीगोठ थिए । गोठमा पाँच हजारभन्दा बढी भेडा भेटिन्थे । प्रायः लेकाली खर्कहरू हजा
इतिहास न अनुमानशास्त्र हो, न त वस्तुनिष्ठ सत्य । वस्तुतः सत्यको निकट पुग्ने प्रयास नै इतिहासको दार्शनिकता हो । अभिलिखित शिलालेख, ऐतिहासिक दस्ताबेज, सभ्यताका भग्नावशेष, मूर्ति प्रतिमा, मुद्रा, मिथक–अनुश्रुतिलगायत मूर्त–अमूर्त पुरातात्त्विक तथा ऐतिहासिक सम्पदा नै इतिहास लेखनका आधार र उपकरण हुन् । परिवर्तनको साक्षीका रूपमा रहेका यस्ता ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाहरूलाई वैज्ञानिक तरि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।
खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्षित हुन थालेका छन्।