जग्गा विवादका कारण रोकिएको स्याङ्जाको हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । जग्गा विवादले निर्माण रोकिएकोमा समस्या समाधान भएसँगै पुनः अगाडि बढाइएको हो ।
गत साउन १४ गते नै कार्यकाल सकिएका चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूूर्वी नवलपरासी, चितवन र मकवानपुर जिल्लामा गरेर २२ वटा मध्यवर्ती उपभोक्ता समिति रहेका भए पनि कार्यकाल सकिएको पाँच महिना बित्दासम्म आठ वटा उपभोक्ता समितिले मात्रै नयाँ नेतृत्व पाएको चितवन राष्ट्रिय निकुुञ्जले जनाएको छ ।
बागलुङको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छाति रोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर पछिल्लो समय गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ ।
गत असोज ६ गते बर्दियाको गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारू कर्णाली नदीमा गोहीको आक्रमणबाट बेपत्ता हुनुभयो । विवश हालसम्म फेला नपर्दा परिवारको बिचल्ली भएको छ । भैँसी चराउन गएका विवशलाई नदीमा भैँसी गएपछि फर्काउन जाँदा नदीको बिचमा गोहीले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शी जनक थारूले भैँसी खेद्दै गर्दा नदीको बिचमा गोहीले आक्रमण गरेर ढलाएको बताउनुभयो ।
रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फल उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानु पर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीको राम्रो चलन हो । हामी प्रायः के बिर्सिन्छौँ भने, हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुकको झोल, तामा र बोडीको झोल पनि सुप नै हुन् ।
नेपाली भाषाका शिखर पुरुष तथा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो रम्घालाई विश्वव्यापी साहित्यिक पर्यटकीय गन्तव्य बनाउने अभियानले मूर्त रूप लिन थालेको छ ।
नेपाली कांग्रेसको बिशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले आह्वान गरेको विधानअनुसारको विशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुन काठमाडौँ पुग्नुभएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
गोरखा राज्यको उत्तराधिकारीका रूपमा विसं १७९९ पुस २७ जन्मिएका पृथ्वीनारायण शाह आधुनिक कालखण्डमा नेपाल एकीकरणका प्रणेता हुन् । राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माताको जन्म दिवस पारी मनाउँदै आएकोमा गणतन्त्रलगत्तै राष्ट्रियस्तरमा पृथ्वी जयन्ती नमनाउने घोषणा गरिएको थियो । पछिल्ला दिनमा पुनः नेपालका सर्जकलाई स्मरण गर्न थालिएको छ । यथार्थमा
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारू समुदायमा परम्परागत संस्कार र रीतिरिवाजअनुसार गरिने विवाह (बर्का भ्वाज) गर्ने जोडीलाई दुई लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
सप्तरीको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।
सन् १९७८ पछि चीनमा भएको आर्थिक रूपान्तरण आधुनिक विश्व विकास इतिहासका सबैभन्दा उल्लेखनीय घटनामध्ये एक हो । सन् १९७८ डिसेम्बरमा देङ स्याओपिङको नेतृत्वमा सुरु भएको सुधार र खुलापन नीतिले चीनलाई केन्द्रीकृत योजना प्रणाली र बन्द अर्थतन्त्रबाट क्रमशः बजार–उन्मुख अर्थतन्त्रतर्फ मोड्न सफल भयो । त्यसबेला चीन मुख्यतः कृषिमा आधारित अर्थतन्त्र थियो, जसको अन्तर्राष्ट्रिय व्यापारमा सं
जेनजी आन्दोलनबाट ठुलो क्षति ब्यहोरेपछि कालिका नगरपालिकाको नियमित विकास निर्माणको काम प्रभावित बनेको छ । नगरपालिकाको विकास बजेट आगजनी र तोडफोड भएका भौतिक संरचनामा खर्च गर्न परेपछि शुक्रबार सम्पन्न आठौं नगरपरिषद्ले बजेट परिमार्जन गरेर सो तर्फ लगानी गर्ने निर्णय गरेपछि नियमित योजनाहरुको बजेट प्रभावित बनेको हो ।
जतिखेर पहिचानसहितको सङ्घीयताको मुद्दाले सडक बलिरहेको थियो । पहिलो संविधान सभा विघटन उन्मुख थियो । सदियौँदेखि राज्यबाट दमित जनजाति, सीमान्तकृत समुदाय दिउँसो पत्थर र साँझमा राँको लिएर काठमाडौँका सडकमा ओर्लिएका थिए । कोटेश्वरस्थित किरात राई यायोक्खाको हलमा गर्मागर्मी बहस हुन्थ्यो । पहिचानको मुद्दा तत्कालीन नेकपा (माओवादी) ले परालको
जुन दिनदेखि तिम्रो झेली सिंहदरबार समृद्धिको कर्कस सिट्ठी फुक्दै मेरो गाउँ पस्यो, हराउँदै गए