झापाको दमक र आसपासको क्षेत्रमा सार्वजनिक यातायातका साधनमा कर्मचारीको अभद्र व्यवहार तथा मनपरी नियन्त्रणमा आउन सकेको छैन ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताउनुभएको छ ।
जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकुल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो।
इलामको सन्दकपुर गाउँपालिका-१, आलुबारीमा चितुवाको आक्रमणबाट दुई जना घाइते हुनुभएको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् ।
संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानीे घोषणाको स्वागत गरेको जनाइएको छ । घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजका लागि हार्मुज जलक्षेत्र पूर्णरूपमा खुल्ने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ ।
दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ ।
तनहुँमा चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना बितिसक्दा पनि विकास बजेट (पुँजीगत खर्च)को अवस्था निकै कमजोर देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताउनु भएको छ ।
झापाको भद्रपुरमा जङ्गली हात्तीले स्थानीय किसानहरूको मकैबालीमा क्षति पुर्याएको छ ।
हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा/भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।
कालाजार, मलेरिया, डेङ्गु, स्क्रब टाइफस लगायत किटजन्य रोग नियन्त्रणका लागि प्युठान जिल्लामा विषादी छर्किने अभियान सुरु गरिएको छ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले निष्पक्ष, जिम्मेवार र पारदर्शी पत्रकारितामा जोड दिँदै भ्रामक समाचार प्रकाशन नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ।