शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख ५ गते । इलामको सन्दकपुर गाउँपालिका-१, आलुबारीमा चितुवाको आक्रमणबाट दुई जना घाइते हुनु भएको छ ।
चितुवाको आक्रमणबाट आलुबारीका ४२ वर्षीय धनबहादुर राई र ४० वर्षीय प्रेम राई घाइते हुनुभएको हो । आज बिहान ११ बजे चितुवाले आक्रमण गर्दा दुबै जनाको अनुहार र टाउकोमा चोट गालेको छ ।
घाइतेलाई उपचारका लागि इलाम अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अहिले उक्त क्षेत्रमा बन्दुके प्रहरी चौकीबाट प्रहरी खटाइएको छ । चितुवा नजिकैको जङ्गलको ओडारमा बसिरहेको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालयका कर्मचारी उक्त स्थानमा जाँदै गरेको जनाइएको छ । केहि दिन यता इलामका विभिन्न स्थानमा चितुवाले घरपालुवा जनावर माथि आक्रमण गर्ने र मार्ने गर्दै आएको छ ।