ताप्लेजुङलाई बर्ड फ्लु मुक्त बनाउने अभियान सुरु गरिएको छ। अभियानको पहिलो दिन शनिबार जिल्लामा सञ्चालित पंक्षीजन्य मासु पसलबाट नमुना परीक्षण गरिएको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा शनिबारदेखि याक नाक (चौरी) को आलो रगत पिउने मेला सुरू भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा निर्माण सुरु गरिएको शितभण्डार (कोल्ड स्टोर) र वडा कार्यालय भवनका लागि स्थानीय दाताहरूबाट जग्गा प्राप्त भएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले एक महिना लामो प्रतिबन्धमा छुट जारी गर्दै समुद्रमा रहेका रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीलाई अनुमति दिने निर्णयलाई शुक्रबार थप बिस्तार गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको केलटोल क्षेत्र शनिबार सवारी मुक्त बनेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको छ ।
कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ ।
नेपाली सेनाले सङ्गठनको मेरुदण्डका रूपमा रहेका भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै दोलखाको सदरमुकाम चरीकोटमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ सम्पन्न गरेको छ ।
कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा पुगेका व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ ।
बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसाका घट्ना वृद्धि भएको पाइएको छ ।
पाकिस्तानका सेना प्रमुखले मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयास स्वरूप इरानका शीर्ष नेता र वार्ताकारसँग भेट गर्दै शनिबार तेहरानको भ्रमण गर्नुभएको छ । उहाँको भ्रमण शुक्रबार सम्पन्न भएको छ ।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।
मुना–जलजला–ढोरपाटन हुँदै तकसेरा जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा पर्ने बोक्रेको वनमा सडक छेउमा फुलेको लालीगुराँस ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित छिमेकी महेश श्रेष्ठको घरमा बेहोस भेटिएका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि छानबिनका लागि प्रहरीले श्रेष्ठ परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।
दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायः एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो ।