विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । यीमध्ये सात लाख गरिबीको रेखामुनि धकेलिन्छन् र १२ लाख जनाको मृत्यु हुन्छ । नेपालमा वार्षिक ६७ हजार नयाँ क्षयरोगी थपिन्छन्, जसमा ५० प्रतिशत सक्रिय उमेर समूहका हुन्छन् । उपचारमा करिब ३९ हजार आउँछन् । क्षयरोगबाट दैनिक ४४ तथा वर्षमा करिब १६ हजार जनाको मृत्यु हुने गरेको छ । आव २०८१/८२ मा पहिचान भएका बिरामी
बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज (आइतबार) दिउँसो १ बजे बस्दै छ। बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
लेखक शोभा अधिकारीको लघुकथा कृति ‘आमाको माया’ सार्वजनिक भएको छ । लघुकथा समाज नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार पुरुषोत्तम दाहाल, समाजका अध्यक्ष तुलसीहरि कोइरालालगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा वसन्तकालिन यामको पहिलो सफल आरोहण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको चुचुरोमा शनिबार सात जना विदेशी आरोहीले सफल आरोहण गरेका हुन् ।
नियमित सेवा दिन नसकेका कारण मुगुवासीले बारम्बार गुनासो गरिरहने नेपाल वायुसेवा निगमको सेवा अहिले नियमित हुन थालेको छ । पछिल्लो समय निगमले सातामै चार दिन उडान सेवा दिन थालेको छ । नेपाल एयरलाइन्स रारा ताल्चा विमानस्थलका स्टेसन इन्चार्ज नवीनकुमार विष्टका अनुसार गत फागुनको अन्तिम साताबाट नेपालगन्जबाट हप्ताको चार पटक आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडानको व्यवस्था मिलाइएको छ । साथै बिहीबार प्रदेश राजधानी सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान गरिएको उहाँले जानकारी दिनुभयो ।
मरुभूमि जस्तै रहेको कर्णाली नदी बगरको बालुवामा स्थानीय किसानले प्याज खेती गरेर आम्दानी गर्न थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–८, फाँटागाउँका ६० घरपरिवारले कर्णाली नदीको बालुवामा प्याज खेती गरेर फाइदा लिन थालेका हुन् । बाँझो रहेको बगरमा उनीहरूले केही वर्षयता प्याज खेती गरेर कमाइ गरिरहेका छन् ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एन्ड इन्डस्ट्रिजले किसानको करोडौँ रुपियाँ बक्यौता भुक्तानी नगरेको भन्दै कारबाहीका लागि गृहमन्त्रालयमा उजुरी परेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि महत्त्वपूर्ण कदम अघि बढाएको छ । नगरपालिकाले विद्यालयहरू एकीकरण (मर्ज) र केही विद्यालयको तह मिलान गरी ठूला तथा व्यवस्थित विद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।
धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ । शनिबारबाट अस्पतालमा दन्त सेवा सुरु भएको हो। दाँत फाल्ने, सफा गर्ने र औषधी प्रदान गर्ने सेवा अस्पतालबाट प्रदान हुनेछ ।
ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिङमा शेर्पाका नौ वर्षीय छोरा फुर्वा शेर्पा तमोरले बगाएर बेपत्ता हुनुभएको हो ।
कार्यभार समालेको १७ महिनामै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनुभएको छ । शुक्रबार बोर्ड सञ्चालक समितिको बैठकमा उहाँले राजीनामा घोषणा गर्नुभएको हो । त्यसपश्चात् उहाँले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामापत्र बुझाउनुभएको थियो ।
गण्डकी प्रदेशका अर्थमन्त्री जीत शेरचनले करको दर नभएर दायरा बढाउने बताउनुभएको छ । उहाँले प्रदेशका लाइफलाईनका योजनालाई अघि बढाउने बताउनुभयो ।