बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको समस्या देखिएको छ ।
धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ ।
विपन्न तथा सहाराविहीन बालबालिकाको शिक्षा र आवास व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसहित सल्यानको एक सामुदायिक विद्यालयमा छात्रावास भवन निर्माण सुरु गरिएको छ ।
शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
भ्रष्टाचार निर्मूल गर्नु जटिल विषय हो । रास्वपाको वाचापत्रमा गरिएको अठोट भएकाले वालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार निर्मूल गर्नुपर्ने छ । साना साना कार्यालयदेखि नीतिगत रूपमा हुने भ्रष्टाचारसमेत नियन्त्रण गर्नुपर्ने हुन्छ । नियन्त्रणको क्रम अगाडि बढाए मात्र निर्मूल हुन जान्छ । स्थानीय तहदेखि सङ्घीय सरकारसम्मको कर्मचारीतन्त्रको व्याप्त भ्रष्टाचारमा हस्तक्षेप गर्न आवश्यक छ । आजसम्म बद्मासी गर्ने कर्मचारीलाई से
शनिबार दिउँसो परेको वर्षाका कारण विपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । वर्षासँगै रोसी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थानका डाइभर्सन सडक बगाएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
राज्यले विद्यालय तहको पाठ्यक्रममा ‘नैतिक शिक्षा’ पुनः समावेश गर्ने निर्णय गरेको छ । यो ‘असल कुरा’ सुन्दा जति मनमोहक र आशावादी लाग्छ, यसको कार्यान्वयनको धरातल र विगतको अनुभव हेर्दा त्यति नै संशयपूर्ण छ । केवल एउटा पाठ्यपुस्तकको भारी थपेर वा वार्षिक परीक्षामा केही सैद्धान्तिक प्रश्नको उत्तर लेख्न लगाएर विद्यार्थीलाई ‘नैतिकवान्’ बनाउन सकिन्छ भन्ने सोच आफैँमा एकाङ्की र सतही छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पाल्पाको दुई पालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । जिल्लाको बगनासकाली र तिनाउ गाउँपालिकाले वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई परिपत्र गरेका छन् ।
सार्वजनिक संस्थालाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा लिने गरिन्छ । सार्वजनिक संस्थानलाई प्रतिस्पर्धी, मितव्ययी र प्रभावकारी बनाउँदै सुधारका रणनीतिमार्फत योगदान अभिवृद्धि गर्न सकिन्छ । निजी क्षेत्र आकर्षण नहुने तथा सरकार आफैँ संलग्न हुन पनि नमिल्ने प्रकृतिका वस्तु र सेवाको उत्पादन तथा वितरण गरी सार्वजनिक सेवाको प्रवर्धन गर्दै आर्थिक सामाजिक विकासमा सहयोग गर्न सार्वजनिक संस्थान
मातृभाषी कवि गौरी तमूको कविता संग्रह ‘सैँप्रोल’माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा समीक्षकद्वय उदय अधिकारी र उपप्राध्यापक रमेश प्रभातले ‘सैँप्रोल’माथि चर्चा गर्नुभएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । यीमध्ये सात लाख गरिबीको रेखामुनि धकेलिन्छन् र १२ लाख जनाको मृत्यु हुन्छ । नेपालमा वार्षिक ६७ हजार नयाँ क्षयरोगी थपिन्छन्, जसमा ५० प्रतिशत सक्रिय उमेर समूहका हुन्छन् । उपचारमा करिब ३९ हजार आउँछन् । क्षयरोगबाट दैनिक ४४ तथा वर्षमा करिब १६ हजार जनाको मृत्यु हुने गरेको छ । आव २०८१/८२ मा पहिचान भएका बिरामी
बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज (आइतबार) दिउँसो १ बजे बस्दै छ। बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।