१०० वर्ष अघिको गोर्खापत्र
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
कविडाँडा साहित्य समाज चितवनको आयोजनामा ‘थारू समाज संस्कृति र साहित्य’ विषयक कार्यशाला गोष्ठीमा वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक नीलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । “साहित्य संस्कृतिसँग जोडिएको छ । संस्कृति नबुझी साहित्य लेख्न सकिँदैन,” उहाँले भन्नुभयो । उहाँले इतिहासप्रति नेपालीको रुचि नहुँदा दुःख लागेको धारणा व्यक्त गर्नुभयो ।
नेपाली साङ्गीतिक क्षेत्रका युवा ढुकढुकी गायक उजं शाक्य शनिबार सम्मानित हुनुभएको छ । श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहार इतुंबाहाः संरक्षण समाजले २० औँ साधारण सभाको अवसरमा गीतसङ्गीतका माध्यमबाट देशभरि नेपाल भाषालाई थप उचाइमा पु¥याएर अतुलनीय योगदान दिएको भन्दै उजंलाई सम्मान गरिएको हो । सो अवसरमा मूर्तिकार ज्ञानबहादुर शाक्य पनि सम्मानित हुनुभयो । इतुंबाहाः संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले दुवैलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार बनेको छ । घरेलु पद्धतिबाटै तयार गरिएको सक्खरको माग र मूल्यसमेत आकर्षक छ ।
धनकुटाको मुगा पुगेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले प्रदर्शन गरेको पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित भएका छन् । सौर्य ऊर्जा प्रणालीमार्फत करिब ६० मिटर माथि पानी फाल्ने प्रविधि कृषकमाझ प्रदर्शनीमा ल्याइएको हो । यो प्रविधि गाउँघरका खोला खोल्सा तथा पोखरीबाट माथि पानी तान्न उपयोगी हुने भएकाले कृषक आकर्षित भएका हुन् ।
घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन । दुवै प्रदेश गौरवका आयोजना हुन् । जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्यो
नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बर्सेनि बढ्दै गए पनि कोरोना महामारीअघिको अवस्थामा भने अझै पुग्न सकेको छैन । पछिल्लो पाँच वर्षको तथ्याङ्कले पर्यटन पूर्वाधारको विकास, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपाल प्रवर्धन र पर्यटन विकासका दीर्घकालीन नीति तय नहुँदा कोरोना महामारीपछि अपेक्षित पर्यटक नेपाल भित्रिन नसकेको देखाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ । निगमको ५६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले निगम इन्धन कारोबारमा जहिले पनि एकाधिकार प्राप्त हुन नसक्ने भन्दै प्रतिस्पर्धामा आउनुपर्ने बताउनुभएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा इन्धन कारोबारबाट मुनाफा आर्जन गर्नु सकारात्मक भए पनि आपूर्ति व्यवस्था सहज बनाउन निजी क्षेत्रलाई पनि प्रतिस्पर्धामा ल्याउन आवश्यक रहेको मन्त्री सिन्हाले जानकारी दिनुभयो ।
जुम्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सिप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्ने प्रेरणा सबैलाई प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको घोषणापत्र तयार गर्न जुटेको छ । पार्टी केन्द्र्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित घोषणापत्र तयारी समितिको बैठक बस्यो
नेपाली कांग्रेसभित्र आन्तरिक एकता, समझदारी र विशेष महाधिवेशनका सन्दर्भमा देखिएको मतभेद समाधानका सन्दर्भमा निरन्तर संवाद अघि बढाइएको छ । कांग्रेसको विशेष महाविधेशन समितिले विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिरहँदा पार्टीको शीर्ष नेतृत्व अन्तरसङ्घर्ष व्यवस्थापन र स्थायी निकासका लागि चरणबद्ध संवादमा जुटेको हो । कांग्रेस नेताले पार्टीलाई एकताबद्ध बनाउने प्रयासस्वरूप शृङ्खलाबद्ध छलफल अघि बढाएका हुन् ।
रामपुर नगरपालिका –८, कुमराङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –८ पिल्टार बस्ने ५० वर्षीय डोलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।