• ६ वैशाख २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख ६ गते ।
झापाको गौरादहमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । शनिवार साँझ करिब ७ः५० बजे दमकबाट गौरादह तर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते हुनुभएको २७ वर्षीय पदमबहादुर मगरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मगर मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो । घाइते मगरको दाहिने आँखाको डिलमा चोट लागेको थियो । तत्कालै उद्धार गरेर प्रारम्भिक उपचारका लागि गौरादह नगर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यहाँ उपचार हुन नसकेपछि राति नै विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पुर्याइएकोमा उपचारको क्रममा आइतबार बिहान ४ बजे मगरको ज्यान गएको खड्काले जानकारी दिनुभएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।