चितवनको इच्छाकामना गाउँपालिका–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा निर्माण भएको नौकोठे विद्यालय भवनको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।
सल्यान जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क नियमित रूपमा सञ्चालनमा आएको छ।
अङ्ग्रेजलाई नेपाल प्रवेशमा रोक लगाएको गढीका रूपमा चिनिएको ऐतिहासिक उपरदाङगढीमा कोतघरसँगै सङ्ग्रहालय निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिकाले निर्माण गरेको कोतघरमा नेपाली सेनाले सङ्ग्रहालय निर्माणका लागि ऐतिहासिक हातहतियार सहयोग गरेपछि कोतघरसँगै सङ्ग्रहालय निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
गतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कालीकोटले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
रामकृष्ण बोहराबागलुङ, पुस २७ गते । बागलुङ नगरपालिकाको १८ औं नगरसभाले दुई विधेयक पास गरेको छ । नगरसभाले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पास गरेको हो ।लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन घिमिरेका अनुसार, पछिल्लो समय बागलुङ नगरपालिकाले प्राकृतिक श्रोत साधनबाट फाइदा लिन सकेको छैन । त्यस्तै कालीगण्डकी नदी दोहन रोक्ने र वैधानिक रुपमा नदीजन्य सामाग्री उत्खनन गर्ने काममा समेत अगाडि बढ्न सकेको छैन ।यो विधेयकले वातावरण संरक्षण र नदीजन्य सामाग्रीको सदुपयोग गर्न पनि सहज वातावरण आउने संयोजक घिमिरेले विश्वास गर्नुभयो । नगरसभाले योजनाको नाम संशोधन गरी गुणस्तरीय र छिटो काम सम्पन्न गर्न पहल गर्ने निष्कर्ष निकालेको छ ।नगरप्रमुख बसन्तकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधि आएपछि भएका सकारात्मक कामलाई नागरिकसमक्ष लैजाने गरी नगरप्रमुखले राखेको प्रस्तावमा छलफल गरी पास गरिएको छ । हिउँदे अधिवेशन तथा नगरसभालाई कानून बनाउने अधिवेशनको रुपमा लिने गरिन्छ ।नगरसभाले नीतिगत विषयमा बढी छलफल केन्द्रीत गरेको थियो । गत असारमा भएको १७ औं नगरसभाले ल्याएको बजेटको संशोधन र समीक्षा गर्नुको साथै नीतिको समीक्षा र ४ वर्षे कार्यकालमा भएका कामको लिपिबद्ध गर्ने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । नगरपालिकाले बागलुङ बसपार्क निर्माणपछि सञ्चालनमा आएको, विश्व बैङ्कको सहयोगमा तीनवटा सडक कालोपत्र गरिएको, फोहोर व्यवस्थापनमा काम गरेको छ भने सिगानामा लिफ्टबाट पानी वितरण गरिएको, धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको पञ्चकोट, मालिका, भैरवस्थान मन्दिरमा पूर्वाधार बनाउन पहल गर्दै आएको छ । नगरसभामा नगरप्रमुख श्रेष्ठले पेश गर्नुभएको संशोधित नीति, उपप्रमुख राजु खड्काले पेश गरेको संशोधित आर्थिक नीति पास गरिएको छ । छलफलमा भाग लिएका सदस्यहरूले काम धेरै भएपनि प्रभावकारी नदेखिएको, जनप्रतिनिधिले नै दादागिरी गर्ने गरेको र जनताको चाहना अनुसारका काममा कम ध्यान दिएको आरोप लगाउनुभएको थियो । बन्दसत्रमा उहाँहरूले आफ्ना मागलाई लिएर आरोपप्रत्यारोप समेत गर्नुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
राष्ट्रपति रामचन्द्र पौडेलले ससाना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
पुस महिनाको तेस्रो हप्ता लाग्दासम्म हिमाली जिल्ला हुम्लामा हालसम्म हिमपात नहुँदा किसान चिन्तित भएका छन् ।
देशको अर्थतन्त्रबारे अनेक समीक्षा हुने गरेका छन् । अर्थतन्त्र शिथिल भएको विमर्श यताका दिनमा अलि बढी नै पनि भएको छ । केन्द्रीय बैङ्कले जारी गरेको अर्थतन्त्रका सूचकाङ्कमा भने अर्थतन्त्र सुधारतर्फ अग्रसर भएको देखिएको छ । पर्याप्त तरलता र न्यून ब्याजदरले लगानीका स्रोतसाधनको पहुँच बढ्न सक्ने पाइएको छ । देश बाहिरबाट आउने विप्रेषणसमेत उच्च दरले बढेका
राजनीति राज्य सञ्चालनको सर्वोच्च तथा नियन्त्रक नीति हो । मुलुकको कुनै पनि किसिमको समृद्धि राजनीतिबिना सम्भव हुँदैन । कुनै पनि मुलुकको अग्रगमन तथा समृद्धि त्यो देशको राजनीति र नेतृत्वसँग जोडिएकै
नेपालको मूल समस्या नै अस्थिरता हो । प्रजातन्त्र पुनस्र्थापनायता २०४८ सालदेखिका कुनै पनि सरकारले पाँचबर्से कार्यकाल पूरा गर्न पाएका छैनन् । यो नै नेपाल पछि पर्नुको मूल कारण हो । मध्यावधि निर्वाचनको कारणले होस् वा सरकार असफल भएर किन नहोस् । सरकार अस्थिरताको भुमरीमा पर्दै आएकाले नेपालमा अपेक्षित विकास हुन सकेको छैन । गत भदौ २३ र २४ गते भएको जेन
आर्थिक गणना भनेको व्यवसाय र आर्थिक क्रियाकलापसम्बन्धी बृहत् गणना हो, जसबाट उत्पादन, रोजगारी, व्यवसायको संरचना र उद्यमशीलताको वातावरणलगायत विषयमा महत्वपूर्ण तथ्याङ्क र सूचना प्राप्त हुन्छ ।
समय र कालखण्डले युगपुरुष जन्माउँछ । नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था अध्ययन गर्दा वीर वीरङ्गनाको जन्म यसरी नै भएको देखिन्छ । तत्कालीन गोरखा राज्यका संस्थापक द्रव्य शाहले रा
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।