लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । नागरिक मतको सङ्कलन र देशहितका कार्यसम्पादन राजनीतिक दलकैमार्फत हुने भएकाले दलीय भूमिकालाई महत्वपूर्ण मानिएको हो । समयक्रममा कतिपय दल स्वयम् विवादको भुमरीमा पर्छन् । देशकै प्रजातान्त्रिक आन्दोलनको अग्रणी मानिएको राजनीतिक संस्था नेपाली कांग्रेस केही महिनायता चरम आन्तरिक विवादमा प¥यो । संसद्मा प्र
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित ‘फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता’ को उपाधि नव किरण स्पोर्टिङ क्लब झापाले जितेको छ ।
घरमै हुलाकमार्फत राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कागजात पठाउने भनिए पनि अहिले राहदानी पठाउने कार्य हेटौँडा उपमहानगर क्षेत्रभित्र मात्र सीमित बनेको छ । जिल्ला प्रशासन कार्यालय म
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ।
तनहुँको पवित्र तीर्थस्थल देवघाटधाममा सञ्चालित गुरुकुलहरूमा संस्कृत शिक्षा अध्ययनका लागि विद्यार्थीको थेगिनसक्नु चाप देखिएको छ ।
झापाको गौरादहमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । शनिवार साँझ करिब ७ः५० बजे दमकबाट गौरादह तर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते हुनुभएको २७ वर्षीय पदमबहादुर मगरको ज्यान गएको हो ।
बिरुवा गाउँपालिकाले वडा नं –७ मा घुम्ती शिविर मार्फत नागरिकलाई सेवा प्रदान गरेको छ । एकैठाउँबाट नागरिकले विभिन्न सेवा लिन सकुन भन्ने उद्देश्यले गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।
वैशाखको पहिलो सातादेखि बालबालिकाको चहलपहल बढ्ने बाजुराका विद्यालयहरू यस समयमा भने सुनसान बनेका छन् ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।
प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ ।
हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापाक्षेत्री समुदायको साझा पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ । स्थानीय समुदायका सामाजिक, सांस्कृतिक र परम्परागत गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ ।