• ६ वैशाख २०८३, आइतबार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

blog

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख ६ गते।
लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज (आइतबार) दिउँसो १ बजे बस्दै छ। बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।