विज्ञापन सञ्चार माध्यमको प्रमुख आयस्रोत हो । जति बढी विज्ञापन प्राप्त भयो, उति नै मिडिया सञ्चालन गर्न सहज हुन्छ । विज्ञापन अभाव हुन थालेपछि पछिल्लो समयमा पत्रकारितामूलक सञ्चार माध्यम धमाधम बन्द भइरहेका छन् । खास गरी छापा पत्रकारिता बन्द हुँदै जानुको प्रमुख कारण पाठकको कमीसँगै विज्ञापन अभाव पनि हो । रेडियो र टेलिभिजनले समेत विज्ञापन नपाएर नै आफ्नो प्रसारणलाई पूर्णविराम लगाइरहेका कैयौँ दृष्टान्त छन् ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले यस वर्ष सार्वजनिक बिदाका दिनमा पनि तीन प्रकारका सेवा प्रदान गर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म पर्ने सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्न लागिएको हो।
करिब १७ वर्षअघि काठमाडौँमा स्थापना भएको थियो आध्यात्मिक संस्था जीवन विज्ञान । यसले योग, ध्यान र आरोग्यताको विषय सरकारको प्राथमिकताभित्र पर्नु पर्छ भन्दै २०७४ सालमा नेपाल सरकारलाई यो विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नु पर्छ भन्दै श्वेतपत्र जारी गरेको थियो । यो नै आरोग्य यात्राको प्रस्थानविन्दु थियो । जीवन विज्ञानको आयोजनामा २०८० साल चैत १७ देखि २३ सम्म लुम्बिनीमा भएको विराट चक्र विज्ञान कार्यक्रममा पाँच हजारभन्दा बढी साधक एक हप्तासम्म चक्र साधनाको ध्यानमा मग्न भएका थिए । उक्त कार्यक्रमको समापनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालल
देशभक्त नभई राष्ट्र विकसित हुँदैन । कुनै पनि काममा बुद्धि, साधन, श्रम र जनसहयोग नै राष्ट्रको सफलता हो । कतारकै कुरो गरौँ, अमेरिकाका धनाढ्यले रोयल्टी दिने गरी यहाँका तेल खानी लिए । राजाले रोयल्टीबाट प्राप्त रकम घर, महल, सडक, स्कुल र अस्पताल बनाएनन्; बरु अमेरिकाका लगानीकर्ताको सेयर खरिद गर्न थाले । विभिन्न कलकारखाना, उद्योग र तेल खानीमा कतारवासीले जागिर पाए । जनता धनी हुँदै गए । बजार विस्तार हुँदै
उच्च प्रविधि, द्रुत सहरीकरण र लोकतान्त्रिक मूल्यमान्यताको विकासले आधुनिक विश्व निर्देशित छ । डिजिटल रूपान्तरणले काम गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । विशेष गरी सुशासन कायम गर्न र नागरिकलाई सहज, छरितो र गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न डिजिटल रूपान्तरण अनिवार्य भइसकेको छ ।
एक वर्ष बिराएर फल्ने आँपमा यसपटक लागेको मञ्जर (फूल)मा ‘मधुवा’ रोगको प्रकोपका कारण टिकुला झर्ने क्रम जारी रहेकाले आँप उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र, सिरहाले जनाएको छ।
जिल्ला सदरमुकामबाट करिब ३६ किलोमिटर र तुलसीपुर शहरदेखि करिब ११ किलोमिटर टाढा गाउँको खुला प्राङ्गणमा लस्करै २० वटा टेन्ट टाँगिएका छन्। वैशाखको गर्मीको कुनै प्रवाह नगरी स्थानीयहरू उत्साहका साथ रैथाने परिकार बनाउन व्यस्त देखिन्छन्।
गीतकार डब्बु क्षत्रीको शब्द र निर्देशनमा नयाँ गीत ‘सधैँ तिमी’ को भिडियो सार्वजनिक भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक यम बराल र गायिका सरिता भारतीको स्वर रहेको छ ।
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेतृ स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । उक्त चलचित्रको ट्रेलरमा आमा र छोरीबिचको कथा देखाइएको छ । बादी समुदायका महिलाको भूमिकामा अभिनेतृ स्वस्तिमा प्रस्तुत हुनुभएको छ । ट्रेलरमा स्वस्तिमासँगै
गोरखाका सबै स्थानीय तहले वैशाख ७ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने सामूहिक निर्णय गरेका छन्।
पुतलीबजार नगरपालिकाले सुँगुर, बंगुर तथा जंगली बँदेलको ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
गायक, सङ्गीतकार ईश्वर अमात्यले कुसेऔँसीको पूर्वसन्ध्यामा ‘यःमा’ बोलको म्युजिक भिडियो शुव्रmबार सार्वजनिक गर्नुभएको छ । आमाको सङ्घर्षका कथालाई लिएर तयार पारिएको गीतको भिडियोमा सुजना वज्राचार्य प्रमुख भूमिकामा देखिनुभएको छ भने बालकलाकारमा समाइरा खड्गीले अभिनय गर्नुभएको छ ।
जुम्लाका युवा परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् । पछिल्लो समय जिल्लामा माछापालनतर्फ आकर्षण बढ्दै गएको छ । आत्मनिर्भर बन्ने लक्ष्यसहित केही युवाले व्यावसायिक माछापालन सुरु गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–१० का देवन्द्रराज गिरी र वडा नम्बर ६ का दिल्लीबहादुर रावल छ वर्षदेखि रेन्बो ट्राउट जातका माछापालनमा सक्रिय हुनुहुन्छ । उहाँहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर माछापालन सुरु गर्नुभएको थियो । त्यतिबेला प्रतिगोटा भुरा १९ रुपियाँमा खरिद गरिएको थियो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ३९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९९ पैसा तोकिएको छ ।
पाटन नगरपालिका–६ स्थित सुर्नयागाड जलविद्युत् आयोजनाबाट करिब दुई वर्षदेखि विद्युत् उत्पादन बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन् । प्राविधिक व्यवस्थापन अभाव र एडिआर प्रणालीमा आएको समस्याका कारण आयोजना बन्द भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । एक समय एक सय किलोवाट विद्युत् उत्पादन हुँदै आएको आयोजना प्रणालीमा समस्या आएपछि पुनः सञ्चालन हुन सकेको छैन ।