• ५ वैशाख २०८३, शनिबार

आमाको सम्झनामा ‘यःमा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ५ गते । गायक, सङ्गीतकार ईश्वर अमात्यले कुसेऔँसीको पूर्वसन्ध्यामा ‘यःमा’ बोलको म्युजिक भिडियो शुव्रmबार सार्वजनिक गर्नुभएको छ । आमाको सङ्घर्षका कथालाई लिएर तयार पारिएको गीतको भिडियोमा सुजना वज्राचार्य प्रमुख भूमिकामा देखिनुभएको छ भने बालकलाकारमा समाइरा खड्गीले अभिनय गर्नुभएको छ । 

ईश्वर अमात्यको सङ्गीतमा तयार भएको गीतको शब्द कृष्णबहादुर नापित ‘त्रिशूली’ ले रच्नुभएको हो । सुरेन्द्र श्रेष्ठको सङ्गीत संयोजन रहेको गीतमा जोत्सना अमात्यले स्वर दिनुभएको छ । कार्यव्रmमका प्रमुख अतिथि पत्रकार विजयरत्न असंबरेले म्युजिक भिडियो भनेको चित्रलाई मात्र पदार्पण गर्नु होइन गीतको भाव दर्शकको मनसम्म पुग्नुपर्ने बताउनुभयो । गीतका निर्देशक दर्शनवीर शाक्यले कथा अनुसार दृश्य कैद गर्न छायाकारको मेहनत रहेको र सम्पादन पक्ष सबल रहेको बताउनुभयो । उजय शाही उत्पादन प्रबन्धक रहनुभएको गीत शाक्यको परिकल्पनामा तयार पारिएको हो । गीतको छायाङ्कन तथा सम्पादन मनोजरत्न शाहीको रहेको छ ।