शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ५ गते । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिबार पार्टीका शीर्ष नेताबिच छलफल हुने भएको छ । कांग्रेस सहमहामन्त्री एवं संसदीय दलको नेताको निर्वाचन समिति संयोजक प्रकाश स्नेही रसाइलीका अनुसार शक्रबार सहमति जुटाउने प्रयास निष्कर्षमा नपुगेपछि शीर्ष नेतासँग छलफल तय भएको हो ।
उहाँले पार्टी सभापति गगनकुमार थापासहित शीर्ष नेता र प्रतिनिधि सभा सदस्यबिच छलफलपछि संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले संसदीय दलको नेताका लागि आकाङ्क्षी धेरै भए पनि सहमतिकै आधारमा नाम टुङ्गो लगाइने बताउनुभयो ।