उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् ।
हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यमिक विद्यालयको प्राथमिक तह (कक्षा १–५) अहिले एक जना शिक्षकका भरमा सञ्चालन भइरहेको छ । चालु शैक्षिक सत्रदेखि यो विद्यालयले कक्षा १ देखि ५ सम्मको पठनपाठनका लागि स्वीकृति पाएको हो तर शिक्षकको आवश्यक व्यवस्था नगरी गाउँपालिकाले कक्षा सञ्चालनको अनुमति दिँदा विद्यालयमा अहिले पठनपाठनमा समस्या देखिएको छ ।
कर्णाली प्रदेश सरकारले न्याय सम्पादनलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम अघि सारेको छ । कानुनको अध्ययन पूरा गरेका विद्यार्थीलाई स्थानीय तहका न्यायिक समितिमा ‘इन्टर्न’ का रूपमा खटाउने कार्यलाई प्रदेश सरकारले तीव्रता दिएको हो ।
अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए ।
भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका स्थित भिमगिठे स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।
सप्तकोसी नदी किनार क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सप्तकोसी नदीको पूर्वी तटबन्ध क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको हो ।
घर बनाउन काठका धुरीखाँबा गाडिएका छन् । केही काठ भुइँमै छन् । जस्ताले छाएको छाप्रोको भित्ता छैन । त्यहीँनेर सानो घुम्ती छ । त्यसभित्र थोरै किराना पसलका सामान छन् । बाहिर ४२ वर्षका सुरत लोहार ह्विलचेयरमा बसिरहनुहुन्छ । छ वर्षअघि भारतमा रोजगारी गर्दा टीकापुर नगरपालिका–२, राजीपुरका सुरत लुहारका दुवै खुट्टा गाडीमा च्यापिएपछि काटेरै फ्याक्नुपर्ने अवस्था आयो । आठ लाख रुपियाँ खर्चेर एक वर्ष उपचार गरेपछि घर फर्किनुभएका सुरतलाई देश परदेशमा रहेका साथीहरूले ३५ हजार रुपियाँको सामान र १३ हजार रुपियाँ नगद दिएपछि घुम्ती पसल सुरु गर्नुभएको थियो ।
मकवानपुरको विकट कैलाश गाउँपालिका–४ मा पर्याप्त तथा व्यवस्थित भवन नहुँदा वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ ।
जिल्लाको पश्चिमी भेगमा पर्ने सोरू गाउँपालिका–४ की स्वास्थ्यकर्मी सरिताकुमारी शाही गरिब तथा विपन्न वर्गका सुत्केरीको सेवामा समर्पित हुँदै आउनुभएको छ । उहाँ टोल टोलमै पुगेर सुत्केरीको सेवा गरेको देखेर स्थानीयवासी पनि दङ्ग छन् । सोरू गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चित्र धामीका अनुसार भौगोलि
बैतडीबाट विभिन्न औषधी तथा औद्योगिक प्रयोजनमा प्रयोग हुने करिब १० प्रकारका महत्वपूर्ण जडीबुटी निर्यात हुँदै आएको छ । बैतडीबाट लोक्ता (नेपाली कागज उत्पादनमा प्रयोग हुने), चुत्रो (स्थानीय भाषामा कृमडा), चिराइतो, तेजपत्ता, पाषाणभेद, सुगन्धवाल, तितेपाती, टिमुरलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । बैतडीमा ३७५ वटा सामुदायिक वन र १७४ कबुलियत वन र ग्वालेक्ककेदार प्रस्तावित वन र सिगास प्रस्तावित वनसमेत गरेर ५४९ कायम गरिएका भए पनि तिनको नवीकरण तथा व्यवस्थापन प्रक्रिया भने प्रभावकारी देखिएको छैन । बैतडीमा करिब ४५ हजार ३२५.८ हेक्टर वन क्षेत्र रहेको छ ।
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन अवस्थामा छन् । सब (इलाका सेवा कार्यालय) सेन्टरका भवन, मनोरञ्जन पार्क, सामुदायिक भवन, विभिन्न स्मृति नामका भवन र तरकारी सङ्कलन गर्न बनाइएको चिस्यान केन्द्रसमेत अलपत्र अवस्थामा छन् ।
बाँकेको जानकी गाउँपालिकाले विपन्न परिवारलाई लक्षित गरी आयआर्जन वृद्धिका लागि उन्नत जातका बाख्रा वितरण गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ ।
स्याङ्जाको हरिनास गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणले गति लिएको छ । गाउँमा नै सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुँदा आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउनेमा हरिनास क्षेत्रका स्थानीय आशावादी भएका छन् ।