पाल्पामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, कालीआँपमा बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिदा रामपुर नगरपालिका–७ मझुवा बस्ने ६४ वर्षीय श्यामबहादुर सेन ठकुरीको मृत्यु भएको हो ।
विश्वव्यापी रूपमा पछिल्लो दशकमा शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आएको छ । अब ज्ञानको पहुँच कुनै भौगोलिक सीमामा सीमित छैन । डिजिटल प्रविधि, इन्टरनेट र स्मार्ट उपकरणको तीव्र विकासले शिक्षामा नयाँ युगको सुरुवात गरेको छ । नेपालले पनि आफ्नो शिक्षा प्रणालीलाई डिजिटल युगसँग अनुकूल बनाउने दिशामा प्रयास गरिरहेको छ । डिजिटल शिक्षा भन्नाले कम्प्युटर, इन्ट
गलकोट नगरपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेशको समन्वयमा हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका वडा नम्बर ३ मा एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल गरिएको छ ।
नेपालको भविष्य कृषि पर्यटनमा मात्रै आधारित छ । मात्रै किसानको खेतबारीको परिश्रमले पुग्दैन । किनकि भारतीय तथा चीनका उत्पादनसँग हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्नै सक्दैन । नेपाली उत्पादन लागत, यातायात खर्च, मल, बिउबिजन, औँजार आयात खर्च तथा महँगो ज्याला दरले गर्दा नेपाली उत्पादन भारतीय वा चिनियाँभन्दा निकै महँगो हुन्छ । उनीहरूको उत्पादन बृहत् हुन्छ ।
स्याङ्जाको चापाकोटमा ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ शुक्रबारबाट सुरु हुने भएको छ । कालीगण्डकी बेसीको समथर भूगोल भएको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित खेलमैदानमा आयोजना गर्न लागिएको महोत्सवको तयारी पूरा भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
कुनै समय तराई मधेशका गाउँबस्तीमा गुञ्जने ‘डफला’ बाजा केवल सङ्गीतको साधन मात्र थिएन, यो समाजको सुखदुःख, संस्कार र परम्पराको अभिन्न हिस्सा थियो । शुभकार्यमा मङ्गल धुन र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक ताल बाजा अहिले आधुनिकतासँगै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ ।
रङ्गकर्मी वीरेन्द्र मुखियाको निधन भएको छ । ४४ वर्षीय मुखियाको बुधबार साँझ निधन भएको हो । काम सकेर साँझ घर फर्किंदै गर्दा अचानक बाटोमा उहाँलाई बान्ता भएको र चाबहिलस्थित ओम अस्पताल पु¥याउँदा डाक्टरले हृदयाघातबाट उहाँको निधन भएको जनाएको रङ्गकर्मी राज पङ्गेनीले बताउनुभयो ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समिति कास्कीले बिहीबार यससम्बन्धी सूचना प्रकाशन गरेको हो ।
पद्याप्रेम थिएटरको प्रस्तुतिमा बिहीबारबाट ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन सुरु भएको छ । पोखरा थिएटर गैह्रपाटनमा नाटक चार दिनमा पाँच सो मञ्चन हुने छ । नाटकका लेखक तथा पद्याप्रेम थिएटरका अध्यक्ष सावित्री पाठक सबुका अनुसार मध्यम वर्गीय परिवारमा एकल महिलाले आफ्ना छोराछोरीलाई सही बाटोमा डो¥याउन खोज्दाखोज्दै पनि कसरी गलत बाटोमा फस्छन् भन्ने नाटकले उजागर गर्छ । नबुझी वैदेशिक रोजगारीमा जाँदा कसरी ठगिन्छ भन्ने विषयवस्तुलाई पनि नाटकमा उठान गर्न खोजिएको उहाँले बताउनुभयो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा चार किलोमिटरभन्दा बढी सडक पक्की भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म यस नगरपालिकामा चार दशमलव ७१ किलोमिटर सडक कलोपत्रे र ढलान गर्ने कार्य सम्पन्न गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
देशमा रोजगार नभएको भन्दै दैनिक एक हजार पाँच सय नेपाली बिदेसिने गरेको सरकारी तथ्याङ्क छ । सीमावर्ती भारतका गाउँबाट नेपाल पसेका भारतीय नागरिक भने तीन महिना काम गरेर एक लाखभन्दा बढी कमाइ गर्छन् र आफ्नो देश फर्कन्छन् ।
पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जान ‘रोस्टर’ मा परेर पनि जान नपाएका १२ हजार नेपाली श्रमिकको पक्षमा निर्णय गर्ने गरी समितिसमेत गठन गरेको छ । कोरिया जान भाषा र सिप परीक्षा उत्तीर्ण गरेर जाने प्रतीक्षामा रहेका युवाको म्याद सकिन दुई महिना मात्रै बाँकी रहँदा श्रम मन्त्रालयले कोरियासँग युवाको पक्षमा कूटनीतिक पहल गर्ने प्रतिबद्धतासहित समिति गठन गरेको हो ।