• ४ वैशाख २०८३, शुक्रबार

सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

blog

भक्तिविलास पोखरेल
गाईघाट, वैशाख ४ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र.३–०१–००६ ख ०३७५ नम्बरको ट्रक र रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पुरुष र पछाडि सवार एक महिला गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार घाइतेहरू उदयपुरको बेलका नगरपालिका–६ लामिडाँडा बस्ने अन्दाजी ४० वर्षीय गजुरमान राई र उहाँकी ३५ वर्षीया बहिनी शान्ति राई रहनुभएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटिई घाइतेहरूलाई उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको छ । साथै दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।