नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले गर्नुभयो ।
कालीकोट जिल्लाको गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षायाम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
सिँचाइ सुविधाबाट टाढा रहेका वराहक्षेत्र नगरपालिका–७, देवीघाट टोलका किसानलाई भूमिगत जल सिँचाइले खुसी ल्याएको छ । सप्तकोशी नदी र नहरको बिचमा रहेको गाउँमा भूमिगत जल सिँचाइबाट सुविधा पाएपछि किसान खुसी बनेका छन् ।
‘आमाको मुख हेर्ने दिन’ को अवसरमा देशभरका छोराछोरी आफ्नी आमाको सेवा गरी खुसी साटिरहँदा तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक मिलन चौतारी वृद्धाश्रममा भने सन्तानको पर्खाइमा वृद्ध आमाका आँखा रसाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा स्थानीय समुदायलाई प्रदान गरेको आधारभूत प्राथमिक उपचार तालिम प्रभावकारी भएको जानकारी दिइएको छ ।
जिल्लाको मौलिक कला र संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्ने उद्देश्यले सल्यानमा लोक दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेभएको छ ।
मधेश प्रदेश सरकारले आर्थिक सुशासन कायम गर्ने उद्देश्यले स्थापना गरेको प्रदेश जनलोकपाल आयोगको उपलब्धि कमजोर छ । प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, मितव्ययिता र सुशासन प्रवर्धन
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सरकारी शिक्षा निकायले विकास गरेका पाठ्यक्रमका पुस्तक छाप्दै आएको छ । केन्द्रले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित अन्य सामग्री पनि छपाइ गरिरहेको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा प्रयोग गरिएका सम्पूर्ण मतपत्र छपाइको दबाबलाई समेत व्यवस्थापन गरेर जनक शिक्षाले विद्यालय तहका आवश्यक पर्ने पुस्तक छापेर
सामाजसेवा गर्दै सेवाको भावबाट राजनीतिमा प्रवेश गर्नुभएकी सृष्टि भट्टराई समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । युवाको पक्षमा वकालत, हत्या, हिंसा र बलात्कार तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आउनुभएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मूल्य घटाएको छ । नयाँ वर्षको अवसर पारेर उपभोक्तालाई राहत दिने उद्देश्यले कम्पनीले उक्त चामलको मूल्य घटाएको हो ।
इन्धनको मूल्यवृद्धिसँगै समग्र क्षेत्रमा बढेको मूल्यवृद्धिले निर्माण क्षेत्रमा असर गरेको भन्दै निर्माण व्यवसायीले सरकारसँग ‘निर्माण आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।
गलकोट नगरपालिका वडा नम्बर ३ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना, बागलुङद्वारा निर्माण गरिएको भवन आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेलको मुल्य निरन्तर बढ्दा किसान मारमा परेका छन् । एक महिनाको अवधिमा डिजेलको मुल्य दोब्बरले वृद्धि हुँदा पम्पसेट चलाएर सिँचाइ गर्ने र ट्याक्टर लगाएर खेतबारी जोत्ने खर्च धान्नै नसक्ने अवस्था आएको किसानको गुनासो छ । सर्लाहीमा अहिले डिजेलको मूल्य प्रतिलिटर १३६ रुपियाँ पुगेको छ ।