एकजना मित्रसँग जम्काभेट भयो । भर्खर मात्र भयरहित सार्वजनिक समाजमा प्रकट भएका उनको विचारमा चर्को रापताप थियो । युुद्ध जितेर फर्किएको लेसनायक झैँ उनी मसँग मेरो सार्वजनिक लेखनका बारेमा बहसमा उत्रिन खोजे । मैले उनीसँग बहस गर्न चाहिनँ तर विचारको दार्शनिक पक्षमा आफ्ना केही अवधारणा भने शान्तपूूर्वक राखेँ ।
मैले चियाको एक चुुस्की तानेपछि भनेँ, “गोरस बिग्रियो भने दुुर्गन्ध फैलिन्छ । यसको गन्धले वातावरण नै प्रदूूषित बनाइदिन्छ । हाम्रा बाउबाजेले भन्थे, “गोरस बिग्रिएको भन्दा नराम्रो दुुर्गन्ध अरू कुुनैको हुुँदैन ।” गाईको दुध, दहीलाई गोरस भन्छन् । विचारमा कुुनै रस हुुन्छ कि हुुँदैन । हुुन्छ भने विचार रसलाई के भन्ने ?
मैले उनलाई सोधेँ । उनी मौन बसे ।
मैले फेरि भनेँ, “म यसलाई ज्ञान आविष्कारको रसायन भन्छुु तर ज्ञानरसले आविष्कार गरेको विचार बिग्रियो भने के हुुन्छ ? बिग्रिएको विचारको कुुनै गन्ध हुुन्छ कि हुुँदैन ?”
“हुुन्छ, यस्तो गन्धको पहिचान पनि विचारले नै गर्छ,” मैले नरोकिएरै भनेँ ।
मैले उनलाई फेरि भनेँ, “यसका साथै खास कुुरा, विचारमा विचलन आयो अर्थात् विचारको मूूल मर्मबाट आचार बिग्रँदै गयो भने परिणाम दुुर्घटित हुुन जान्छ । बिग्रिएको गोरसको गन्ध वायुुमण्डल र सीमित भूूगोलमा क्षणिक समयसम्म मात्र रहन्छ । बिग्रिएको विचारले भूूगोलको ठुलो हिस्सामा रहेको समाजलाई अनिश्चितकालसम्म अपाङ्ग बनाउँछ । त्यसैले विचार बिग्रियो भने गन्ध होइन, मन्दविष फैलिन्छ । मलाई भएको एउटा कटुु अनुुभूूति के भयो भने ‘नेपालमा घनीभूूत रूपमा छाएको एक दार्शनिक विचारले पतनको दिशा त समातेको छैन ?’ उनको अनुुहार थोरै अँध्यारो जस्तो देखियो । “भन्दै जानूस्, मैले तपार्ईंले प्रक्षेपण गर्न खोज्नुुभएको दिशा देख्दै छुु,” उनले केहीबेरको मौनतपछि भने ।
म धाराप्रवाह बौल्दै गएँ ।
वस्तुु अल्पकालीन हो, अन्तरवस्तुु दीर्घकालीन हो । अन्तरवस्तुु भनेको ज्ञानचक्षुु हो । नेपालमा वैज्ञानिक विचारका हिमायतीको ज्ञानचक्षुु कति गहिरो छ भन्ने प्रश्न उठ्नुु समय सान्दर्भिक हो कि ?
वैज्ञानिक अवधारणाले पनि मानिसको हरेक व्रिmया–प्रतिव्रिmयाको सूूचक भनेको इन्द्रिय हो भन्छ । मस्तिष्कबाट भावनाको सिर्जना हुुन्छ । भावनाबाट विचारको उत्पत्ति र विकास हुुन्छ । भावना सामाजिक प्रभावका आधारमा विकसित हुुँदै जान्छ । विचारलाई बुुझ्ने घ्राणशक्ति मस्तिष्कमा हुुन्छ । अरू गन्धको पहिचान गर्ने क्षमता अर्कै इन्द्रियमा हुुन्छ । त्यसैले स्रोतकेन्द्रका आधारमा विचार तìव र भौतिक तìवको विभेदको ज्ञान हुुन्छ । विचार तìव अल्पकालीन भौतिक तìवका लागि केन्द्रित भयो भने गोरस बिग्रिए जस्तै परिणाम दिन सक्छ ।
म विचारका रूपमा द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारमा संश्लेषित माक्र्सवादमा विश्वास गर्दछुु । यस विचारको हरेक पाटोलाई आलोचनात्मक चेतका साथ पनि हेर्ने गर्दछुु । म शास्त्रीय माक्र्सवादी होइन । म यसको जडसूूत्रमा होइन, युुगीन सापेक्षताका आधारमा व्याख्या गर्ने पद्धतिमा विश्वास गर्दछुु ।
उनले मलाई एकाएक रोकेर भने, “तपाईंले निबन्ध पढिरहनुुभएको हो कि माक्र्सवादको व्याख्या ?” मैले भनेँ, “विचार र आचारको सन्दर्भमा स्वाभाविक रूपमा आउने विषय हुुन् । त्यसैले नैबन्धीय शैलीमा विचाररस प्रकट हुुनुु पनि अल्ली फरक स्वाद हुुन्छ कि ? साहित्यका कुुनै पनि विधा विचारबाट पृथक् कहाँ होला र ?”
म बोलिरहेँ, “विचार कहिल्यै निरपेक्ष हुुँदैन । जब विचार सापेक्षताको केन्द्रबाट तिरोहित हुुन्छ तब विचारले विचलनको दिशा समातेको ठहर्छ । हाम्रा प्राचीन सभ्यता, संस्कृति र परम्परा तथा पौराणिक साहित्यलाई पनि म समयको कसीमा घोटेर हेर्न र आलोचनात्मक किसिमले बुुझ्ने प्रयत्न गर्नुु पर्छ भन्ने मान्यता राख्दछुु ।
विचारको गति बिजुुलीको भन्दा पनि धेरै वेगवान् हुुन्छ । कुुनै अमेरिकी विद्वान्ले त विचारको गति प्रतिसेकेन्ड ४० हजारदेखि ४० हजार नील सङ्ख्याको माइलसम्म हुुन्छ भनी दाबी गरेको कुुरा मैले कतै पढेको थिएँ । म भने मानिसको विचार गति होइन, यसको सार्वजनिक रूपमा प्रकट हुुने स्थिति र तौलका बारेमा केही विचार गर्न खोज्दै छुु ।
वास्तवमा विचारको गति र वेग त यस्तै हो । कसैभित्र उत्पन्न विचारको वेग होइन, विचारको सघनता र त्यसको फैलावट, प्रयोजन वा उपादेयता पनि निर्भर गर्दछ । विचार वेगवान् मात्र होइन, स्थिर पनि हुुन्छ । तिरोहित पनि हुुन्छ । मैले विचारको मापन गर्न खोजेको सैद्धान्तिक विचारको सघनताको पक्षमा हो ।
म बिच बिचमा रोकिएर चियाको चुुस्की लिँदै बोलिरहेँ ।
जब विचारको प्रतिपादन हुुन्छ तब त्यस विचारलाई समाजले ग्रहण गर्छ । त्यस विचारबाट व्यक्ति, समाज वा कुुनै पनि मुुलुुक नै किन नहोस्, प्रभावित हुुन्छ । यदि समयानुुकूूल अथवा सापेक्ष छ भने त्यसको प्रयोजन सिद्ध सहायक रूपमा स्थापित हुुँदै जान्छ । अन्यथा त्यो निष्प्रयोजनीय भएर बिलाउँछ । अर्कोतिर विचारको रूप स्वरूपमा समयानुुकूूल परिमार्जन र परिष्कार पनि विचारले नै गर्छ । यसको नाममा सापेक्षताविपरीत विचार स्खलित हुुन थाल्यो भने त्यसले निश्चय नै पतनको दिशा समातेको ठहर्न जान्छ । विचार ग्रहण गर्ने वैचारिक विरासत स्वयम् धराशायी हुुन्छ ।
म आजकल यस्तै विचारका धमनीका गति हेरिरहेको छुु ।
मैले उनीसँगको सम्बन्ध झैँ चिसिँदै गएको चियाको अर्को चुुस्की तानेर भनेँ, “सृष्टिदेखि हालसम्म विश्वमा धेरै विचार प्रतिपादित भए । अधिकांश विचारले मानव समाजमा प्रभावित गरेर पनि स्थापित हुुन भने सकेनन् । कार्ल माक्र्सको माक्र्सवाद र त्यसअघिका बुुद्ध, प्लेटो, सरटायर मोर, सेन्ट सामन, रबर्ट आवेन, लुुइल्वाँ र प्रुुधोलगायत सबै विचारकका विचारको आंशिक प्रभाव रहेकै छ । यसमध्ये सबभन्दा ज्यादा माक्र्स र बुुद्धका विचार नै विश्वमा स्थापित र प्रभावशाली देखिएका छन् ।”
यी दुुवै विचारका फाकटमा थप चर्चा र बहस पनि भइरहेको छ । खास गरी माक्र्सवादका पुुरोधाहरूले यसको मर्मभन्दा विचारलाई निजी सत्तास्वार्थ केन्द्रका आधारमा परिभाषित र परिलक्षित गरिरहेको देखिन्छ । अनिश्वरवादी बुुद्धलाई ईश्वर बनाइएको छ । यहाँ पनि विचारको ठोस सापेक्ष विन्दुुमा पुुगे जस्तो लाग्दैन । मानिसको जीवनमा अथवा कुुनै सामाजिक परिवर्तनको सवालमा नै किन नहोस्, समस्याको केन्द्र विचार हो र समाधानको केन्द्र पनि विचार नै हो । विचारको सतत्ः प्रवाहमा कुुनै आग्रहले प्रवेश पायो भने विचार सङ्कटमा पर्छ । म केही दिनदेखि यस्तै विचारका खेलमैदानमा अन्तरदृष्टि घुुमाउँदै थिएँ ।
म तपाईंलाई आफ्नै अनुुभूूतिको एउटा कथा पनि सुुनाउँछुु ।
“सुुनाउनोस्, तपाईंभित्र रहेको प्रतिव्रिmयावादको हंसको कथा,” उनले थोरै आवेगको स्वरमा भने ।
मलाई उनको आवेगको लयले झनक्क रिस उठेको थियो । आफूूले आफैँलाई शान्त पार्दै भनेँ, “पुुस महिना आयो । पुुसमा नेपालीले गर्ने एक मोक्षवादी अनुुष्ठानको स्मृतिसँगै विचार स्खलन र पतनतिर मेरो गहिरो दृष्टि गयो ।”
पुुस महिना खासै पट्यारिलो त हुुँदैन ।
पाएसम्म सुुन्तला, निबुुवा खानुु र फुुर्सद भएदेखि घाममा बसेर आङ तताउनुु एक प्रकारले प्रकृतिको स्वादिष्ट आर्जन उपभोग गर्नुु हो । तराई र भित्री मधेशमा त १२ बजेसम्म डम्म कुुहिरो लागेर शरीरले तातोको स्वादै पाउँदैन । मानिस ५ बज्दा नबज्दै आफ्नो बुुकुुराभित्र छिर्छन् । आगो ताप्छन् वा ज्वानोको झोल पिउँछन् । चिसोबाट बच्ने र तातोको सहारामा सन्तुष्टि लिने विचारको उत्पत्ति प्रकृतिको प्रभाव मस्तिष्कमा परेपछि हुुन्छ ।
जातको बर्खिलाप नहुुनेले पिँढीमा बसेर कोदाको सुुप पिउँछन् । जातीय बर्खिलापको भयले तर्सनेहरू घरको लिस्नोमुुनिको खोपीमा पसेर पिउँदा हुुन् । समयले भने आजकल यस्ता बर्खिलापको मुुद्दा उठाउन छाडेको छ ।
तपाईं–हामी पनि त पस्यौँ नि हकी कहिलेकाहीँ काठको लिस्नुुमुुनि चिसो छल्न, होइन र ? म अलिकति ठट्टालुु भएर उनलाई हँसाउनतिर लागेँ तर उनी हाँसेनन्, केवल मुुस्कुुराए मात्र ।
पुुस महिना गाउँका लागि मोक्षको अनुुष्ठान भनेको स्वस्थानी व्रतकथा हो । साँझको भातभान्सा सकेपछि अँगेनोको डिलवरिपरि बसेर स्वस्थानी सुुन्नु, सुुनाउनुु पुुस महिनाभरिको नियमित कर्म हो । यो नेपाली गाउँघरको पुुरानो परम्परा हो र यो अझै जीवित छ । यसको चालढाल, शैली र परम्परागत ढाँचामा परिवर्तन आए पनि यसको मूूल तìवका विषयमा बहस भने भएको पाइँदैन । यसको महिमागानमा झन् बढोत्तरी आएको अनुभव हुुन्छ ।
कहिलेकाहीँ मेरो मनमा सानै उमेरमा स्वस्थानी पढेको झझल्को आउँछ मित्र । मैले पाँच कक्षा पढ्दादेखि नै स्वस्थानी पढ्न थालेँ । आमाबा, दाइभाइ, दिदीबहिनी र केही छरछिमेकी पनि जम्मा हुुन्थे । “यं ब्रह्मा बरुणेन्द्र रुद्रमरुतो स्तन्तुुुदेवैस्तवैः” को सम्पूूर्ण श्लोक म शुुद्ध र लयात्मक ढङ्गले वाचन गरिदिन्थेँ । त्यतिबेला मेरो कण्ठ पनि सुुरिलो र तिखो थियो । मेरो स्वस्थानी वाचनकलाले गाउँले श्रोतागणबाट निकै प्रशंसा पाएको थियो । म प्रशंसाले प्रफुुल्लित भएर झन् झन् स्वर तिखार्दै भन्थेँ, “कुुमारजी आज्ञा गर्नुुहुुन्छ, हे अगस्त्यमुुनि !”
एसएलसी पास गरेपछि मलाई एउटा मिडिल स्कुलमा संस्कृत विषय पढाउने अवसर मिल्यो । त्यतिबेलासम्म पनि मेरो गला र वाचनकला बिग्रिएको रहेनछ । मैले मज्जैसँग विद्यार्थी आकर्षित हुुने गरी संस्कृत पढाएँ । संस्कृतका श्लोक त झन् मिठो लय हालेर सुुनाएँ ।
“या कुुन्देन्दुुतुुषारहारधवला या शुुभ्रवस्त्राव्रिता !”
म यो कस्तो स्मृतिमा डुुबिरहेको छुु ! खासमा मैले संस्मरणको डोरीमा झुुन्डिन खोजेको थिइनँ तर विषय प्रवेश यसरी नै भयो । वास्तवमा संस्मरणको आलोकमा निबन्धको बान्की बनाउन अलिक कठिन हुुने रहेछ । मैले खासमा तपाईंलाई निबन्धको बान्कीमा अनुुभूूति गाथा सुुनाउन मात्र खाजेको हो ।
भावना र कल्पनामा के फरक छ ?
एकदिन मेरो मनमा एकाएक यस्तो प्रश्न आयो । स्वस्थानी पढिसकेर अन्तिम वन्दनाको ऋचा पढेँ । फूूलपाती हातमा लिएर ‘उपनयन्तुुमङ्गलम्...’ वाचन गर्दै थिएँ । मेरो मनमा अचानक स्वस्थानी कथाका घटना कल्पना हुुन् कि भावना हुुन् भन्ने प्रश्न स्वाट्ट उब्जियो । यी भएकै घटना होलान् कि हुुँदै नभएका काल्पनिक फुुँदा गाँसेका होलान् ? वा कसैको भावनाको लिखित उपज होला ? गीता तथा वेद जस्ता वैदिक साहित्यको कोटिमा पर्छ कि पौराणिककालको एउटा मिथक मात्र होला ? अथवा अहिलेको युुगमा यसको महिमागाथाको खास प्रयोजन के होला ? मुुखले ऋचा वाचन गरिरहेछ । मन भने यस्ता प्रश्नको गुुजुुल्टोमा अल्झिएको छ ।
स्वस्थानीको याम सकियो । राजनीतिको चर्को राप, ताप र गर्मीयाम सुुरु भयो । मेरो मनको तृष्णा झन् बढ्न थाल्यो ।
मेरो मनमा त्यो अनुुत्तरित प्रश्नको उल्झन सुल्झिएको थिएन । त्यस कथाको छेउटुुप्पो मिलाउन अनेक मानसिक कसरत गरेँ तर सकिनँ । मलाई यो प्रश्नले निकैदिन तनावग्रस्त बनायो । मैले वेदमा अनेक प्रकारका सोमरसको प्रसङ्ग छ भन्ने सुुनेको छुु तर पढेको भने छैन ।
स्वस्थानीमा भने गाँजा, भाङ, धतुुरोका धेरै कथा छन् । हात्तीले जनताको छोरोलाई राजा बनाएको छ । महादेव शिवको नित्य नसाका रूपमा यसलाई अनगन्ती ठाउँमा वर्णन गरिएको छ । आफ्नो अपमान गर्ने दक्ष प्रजापतिको टाउको काटेर बोकाको टाउको जोडिएको छ ।
म महादेव शिवको स्वस्थानीमा वर्णन गरिए जस्तो अलिकति काल्पनिक आकृति सम्झन्छुु । कस्तो होलान् त्यति शक्तिशाली महादेव ? स्वस्थानी कथामा वर्णन गरिए जस्तो उनको आकृति, कर्म र कैलाश पर्वतको कल्पनामा डुुब्छुु । अहिलेको समाज र उनीप्रतिको भक्तिभाव र आशक्ति देखेर रोटेपिङ झैँ मस्तिष्क निकै घुुम्छ । शिवलिङ्गको पूूजाअर्चनामा जुुन लिङ्गका मानिस केन्द्रित देखिएका छन्, यो पनि मनोविज्ञानको वैज्ञानिक खोजीको विषय नै हो ।
यस पटक भने उनी मज्जैसँग हाँसे । म पनि हाँसेँ ।
यही भक्तिभावको कर्म हेर्दाहेर्दै केही वर्ष बिते । मेरो मनको उल्झन सुुल्झिएको थिएन । म आफ्नो भूूगोलबाट केही समयका लागि अलिक टाढाको यात्रामा निस्किएँ ।
रोटे वा जाँते जुुनसुुकै पिङ भए पनि मेरो मन र मस्तिष्क त्यस्तै थियो । समाज अनेक दुुराचार र शोषणले आक्रान्त थियो । सत्ता आफ्नो पद्धति र
विरासत जोगाउनमा मात्र केन्द्रित देखिन्थ्यो । उसलाई आफ्नो दरबारको जगमुुनि आगो दन्कन थालेको होसहवास त थियो तर त्रास थिएन । सधँै मदहोस देखिन्थ्यो । मेरो यात्रा जारी थियो । म केही सामल बोकेर पश्चिम दिशातर्फको यात्रामा गएँ ।
अचानक होइन, योजनाबद्ध र वैचारिक परिपाकबाट प्रकट भएको एउटा पात्र र केही परिघटनाका दृश्य झल्याकझुुलुुक आँखावरिपरि आउन थाले । आजभन्दा ठ्याक्कै ३० वर्षअगाडि मध्यरातमा मेरो यात्रारम्भ भएकै वर्ष केही पुुलिस चौकीमाथि आक्रमण गरेर हातहतियार लुुटिए भन्ने सुुनँे ।
नेपाली समाजमा एउटा भाष्य स्थापित भयो । असुुर जस्तो सत्ता समाप्त गर्न र रामराज्य खडा गर्नका लागि अन्तरध्यानी महादेव शिव जस्तै एक प्रतापीको जन्म भयो । म अन्योलग्रस्त भएँ । मानिसको सम्भार गर्ने र समतावादी समाजविरोधीको संहार गर्ने शिवशक्ति स्वरूपको दर्शन स्वयम् नन्दी, भृङ्गीहरूलाई पनि हम्मे पर्छ । यी सधैँ कैलाश पर्वतमा अन्तरध्यान रहने स्वस्थानीका महादेव होइनन् । यी त घनघोर जङ्गलमा मोर्चा कसेर तपस्या गर्छन् । चुुरे पर्वतको शृङ्खला पारि गएर अन्तरध्यान हुुने गर्छन् । त्यतैको तातो हावाबाट यताको ठिहीको प्रकोप हटाएर मानिसको उद्धार गर्ने सर्वशक्तिमान देवका महादेव हुुन् ।
महादेवको लीलाले पनि जनताको छोरो राजा बनाउला कि उनै सर्वशक्तिमान शासक बन्लान् ? मेरो मनमा यस्तो प्रश्न पनि उठ्थ्यो ।
उनलाई देवहरूका महादेवका रूपमा चित्रण गरिन थालेपछि यहाँका दर्जनौँ देवताको नेत्र जलन हुुन थाल्यो । वारुद, गोला र विभिन्न अस्त्र पहिरिएका शिवका नयाँ अवतार मानिएका अदृश्य शक्तिलाई सबै देवता भने एकैमतोमा आतङ्कको पर्याय भन्दै डुुक्रन थाले । भुुरेटाकुुरे देवता आफूूले प्रेम गरेको आसनमा कुुनै खतरा नहोस् भनेर सिंहासनमा बसेर डुुव्रmने र रातबिरात जङ्गल पसेर भेटी चढाउँदै आशीर्वादको अर्चना पनि गर्न थाले । दोहोरो खलनृत्यको प्रहसनले रोमाञ्चक हास्यरस दिइरह्यो । विचार रसको मूूलपानी सुुक्न थाल्यो ।
अनुुहारको आकृति लुुकाएर त्रिनेत्र बले जस्तो देखिने नयाँ महादेवका नन्दीभृङ्गीको रुद्रचण्डी जस्तो कृत्यले वाही वाही पनि पाइरह्यो । त्राही त्राही पनि समानान्तर रूपमा चलिरह्यो । कहिलेकाहीँ त पृथ्वी नै कम्पायमान भए जस्तो हुुन्थ्यो । कति बुढाबुढी बेसहारा भए, कति बालबालिका टुुहुुरा भए । नन्दीभृङ्गीले शिव अर्चना गर्दै असुुरका नाममा बेकसुुरको पनि बध गर्न थाले । शिवशक्ति स्वरूप महादेव भने आफ्ना नन्दीभृङ्गीले असुुरको नाश गरिरहेको खुुसीमा विभिन्न नसाले लट्ठिएर चुुरे पर्वतपारि अब आफूू स्वयम् सृष्टिकर्ता हुुने आत्मरतिमा निमग्न भएको आकाशवाणी पनि बेलाबखत सुुनिन्थ्यो ।
घटनाव्रmम मलाई ठ्याक्कै स्वस्थानीका कथा जस्तै लाग्न थाल्यो ।
नन्दीभृङ्गी अघिपछि लगाएर हिँड्ने शिवको काल्पनिक तस्बिर त देखिएको थियो । नवावतारी शिवको त्यस्तो आकृति पनि देखिँदैन । शनैःशनैः त्यो व्रmम बढ्दै गयो । समाजले आतङ्कको गर्मीमा पनि शीतल छायाको आशा गर्न थाल्यो । शक्तिकेन्द्र थर्थरायो, सत्ता डग्मगायो ।
मैले यसलाई विचारको एक भीष्मप्रताप हुुन सक्ने अनुुमान गरेँ । यो प्रतापमय आविष्कारको सामाजिक सम्बन्धको खास विम्ब र आकृति खोज्न थाल्दछुु । कतिपय चरित्र नायकको जीवनशैलीबाट पनि मैले खास प्रभावको सन्देश पाएको थिएँ । जतिबेला सरकारी माक्र्सवादी मण्डलीको माक्र्सवादको सिर्जनात्मक प्रयोगको दमाहा र दमनचव्रm एकसाथ चलिरहेको थियो । हरेक ठाउँ र घटनाव्रmममा उही दोहोरो दृश्यको पुुनरावृत्ति हुुँदाहुुँदै पनि मेरो मनले प्रश्न ग¥यो के साँच्चै २१ औँ शताब्दीमा भौतिकवादी महादेवको अभ्युुदय भएकै हो ?
कहिलेकाहीँ भने म झसङ्ङ हुन्थेँ पनि । जब जब नन्दीभृङ्गीको गाउँ प्रवेशले सामाजिक मनोविज्ञानमा आतङ्क व्याप्त हुुन्थ्यो तब तब म रन्थनिन्थेँ । तथापि सङ्व्रmमणको घाउ अलिकति सहनुु पर्छ भन्ने सोचेर लेख्ने काम गर्दथेँ । प्रायः कवितालाई समकालीन घटना–परिघटनामा जोड्ने र आफ्नो सिर्जनाको जिन्सी मान्ने मेरो भावना समयको परिदृश्यमाथि नकारात्मक थिएन । सकारात्मकता र सदासयता पनि विचारको बलियो हिस्सा हो भन्ने मेरो निष्कर्ष थियो । सकारात्मकता र आलोचनात्मक चेत डग्मगाएको थिएन । यही सन्दर्भमा मैले एउटा कविता पनि लेखेर आशावादी आस्था प्रकट गरेँ । कवि जमातले ताली दिए । मुुक्तिकामीले सलामी दिए । उत्पीडनले गुुम्सिएको एक मुुट्ठी तातो उष्मा र निदारबाट चुुहिएको पसिनाका थोपाथोपा बटुुलेर बटुुकाभरि एउटा बाटुुलो आकारको आँधी उठाउँदै
समयको हरेक कालो चस्माभित्रका कुुटिल आँखामा आँखा गाढ्दै शनैः शनैः
हिँडिरहने छन्, निरन्तर हिँडिरहने छन्
जो थाकेका हुुने छैनन्
जो बिर्सिएका हुुने छैनन्, आस्थाको लामो यात्रा
विचारको सिरानसम्म पुुग्ने मुुक्तिको यात्रा ।
कविता यसरी नै लेखेँ । म एक भौतिकवादी विचार दर्शनको पक्षपाति भएका आधारमा हरेक घटनालाई यसरी नै हेर्न थालेँ । आमूूल परिवर्तन हेतुु उठेको र घटनाव्रmमले प्राप्त गरिरहेको वैचारिक उचाइलाई ‘युुद्ध र प्रेममा सबथोक जायज’ उक्तिको सोपानमा हेर्न थालेँ । रचनात्मक ध्वंसमा पुुरातन संस्कृतिको अन्त्य र नवनिर्माणको सपना हुुन्छ । पुुरानो सत्ताको सम्पूूर्ण आधारलाई भत्काएर नयाँ परिकल्पनाका लागि हुुने ध्वंस र निर्माणको ऐतिहासिक प्रव्रिmया पूूरा हुुने आशा गर्ने ठाउँ पनि देखिरहेको थिएँ । यद्यपि, अहिले म स्वप्नभङ्गको अवस्थामा छुु । स्वस्थानीको महादेवको पाखण्ड र अहिले कथित परिवर्तनकामी हिंसा नायकको यावत् कर्म स्वस्थानी महात्म्य जस्तै पाखण्ड महात्म्य लाग्न थाल्यो ।
यति भनेर म चुुप लागेँ । उनको अनुुहारमा दुुर्वासा चढेको मलाई प्रस्टै अनुुभूूति भयो । उनले मलाई परिवर्तनकामी सशस्त्र सङ्घर्षप्रति बव्रmदृष्टि राखेको आरोप लगाए र झपारे पनि । मैले सहेँ । उनी मसँग हात नमिलाएरै छुुट्टिए ।
त्यो भेटघाटको केही वर्षपछि उनीसँग मेरो फेरि भेट भयो । महिना पनि पुुस नै थियो । गाउँघरमा स्वस्थानी व्रतकथा चलिरहेको हुुँदो हो । म भने सहरमा थिएँ । सहरमा सानातिना देवगण मिलाएर शिवस्वरूप महादेव सतीदेवीको प्राणप्रतिष्ठा गराउने महात्म्य लगाउँदै थिए । केही नन्दीभृङ्गी र विचारस्खलित योगीहरू गोलबद्ध थिए ।
उनको कान्ति हराएको अनुुहार र लय हराए जस्तो शारीरिक भाषा देखेर म एकछिन विष्मयमा परेँ ।
“के भयो तपाईंलाई, निकै उदास देखिनुुहुुन्छ
नि ?” मैले कसिलो हात मिलाएँ । उनको हातको पन्जा भने लुुलो थियो । “उदास पनि हो, दङ्गदास पनि भएको छुु दाइ । तपाईंको केही वर्षअघिको नैबन्धीय प्रवचनको स्मरण गरिरहेको छुु । एकातिर सतीदेवीको सारा अङ्ग पतन हुुँदै गएका छन् । अर्कोतिर प्राणप्रतिष्ठाको खलयज्ञ पनि चलिरहेछ,” उनले उभिएरै भने । उनले सामीप्यको भावमा भने, “दाइ जाउँ एक÷एक कप चिया पिउँ हुुन्न ?”
हामी फेरि पुुरानै चिया पसलतिर लाग्यौँ ।