• ३ वैशाख २०८३, बिहिबार

नवजात शिशुको शव फेला

blog

 
लीलाराज खड्का 
बिर्तामोड, वैशाख ३ गते ।
झापाको शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा) शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सो घटनाबारेमा अनुसन्धान गर्न एकजना १३ वर्षीया नाबालिकालाई नियन्त्रणमा लिइएको छ । उहाँले जन्माएर फालेको आशङ्का गरिएको छ । ती नवजात शिशु मृत नै जन्मिएको वा नाबालिकाले हत्या गरेर फालेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।