सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीसँग बागमती स्तब्ध
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दाबेदार बागमती प्रदेश गण्डकी प्रदेशसँग स्तब्ध बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमती गण्डकीसँग तीन विकेटले पराजित भयो ।
संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिमकोट हिल्सा सडक बन्द
सिमकोट हिल्सा सडक अनिश्चित कालका लागि बन्द गरिएको छ । हिल्सा सिमकोट सडक आयोजनाले उक्त खण्डको च्याछरामा सडक निर्माण कार्य तीव्र पारेको कारण यातायात सेवा अवरुद्ध भएको हो ।
घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुसी
बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ ।
एघार स्वर्णसहित तेल्लोक मावि प्रथम
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । विभिन्न खेल विधामा ११ स्वर्ण पदक जित्दै तेल्लोक मावि प्रथम भएको हो ।
गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु : सेना
इजरायली सेनाले मङ्गलबारमध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।
यु–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तानको खेल बुधबार
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु
गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबर ७ मा युद्ध सुरु भएदेखि एन्क्लेभमा २५ हजारभन्दा बढीको मृत्यु भएको बताएको छ ।
दिल्लीमा बाक्लो कुहिरोका कारण उडान र रेल सेवा प्रभावित
बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र कर्णाली विजयी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार जित निकालेका छन् ।
श्रीलङ्काको केन्द्रीय बैङ्कले चालु ब्याजदर परिवर्तन नगर्ने
श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।
वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने
नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।
यस पटकको बजेट कनिका छरेजस्तो हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ ।
वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन तत्काल बुझाउनू : संसदीय समिति
संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
मिसन एसियाड : पाँच खेलको प्रशिक्षण सुरु गरिने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औँ एसियाली खेलकुद (एसियाड) लाई प्रभावकारी बनाउने लक्ष्यका साथ पाँच खेलको प्रशिक्षण तत्काल सुरु गर्ने भएको छ ।
अजितको न्यायका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक
क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूले अजित मिजारको न्यायका लागि संयुक्त रूपमा पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका छन् ।
स्पोर्ट्स अवार्डलाई लालपुर्जाको सहप्रायोजन
२०औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डलाई लालपुर्जा नेपालले सहप्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा माघ २८ गते हुने अवार्डका लागि रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपुर्जा नेपालले सहप्रायोजन गर्न लागेको हो ।
बुढीगण्डकीको काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ ।
बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र
पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ ।
५५ वर्षीय पुनलाई 'क' वर्गको अपाङ्गता परिचयपत्र
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना नागरिकको सहजताको लागि घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।