• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

blog

काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो ।

बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने शान पाण्डेले ४३ रन बनाउनुभयो । त्यस्तै विपिन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाउनुभयो । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाउनुभयो ।  

त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिनुभयो । यस्तै विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिनुभएकाे थियो । रासस