जीर्ण बन्यो बुलबुले ताल र उद्यान क्षेत्र
सुर्खेत भन्ने बित्तिकै जोडिएर आउने नाम हो, बुलबुले । तर, बुलबुलभित्रको जीर्ण संरचना र घाँस भरिएको तालले बुलबुले उद्यान भित्रको सौन्दर्ययतालाई गिज्याइरहेको छ ।
शीतलहरले चिनी मिलको उखु क्रसिङ प्रभावित
लम्बिँदै गएको शीतलहरका कारण चिनी मिलको उत्पादन प्रभावित भएको छ । कठ्याङ्ग्रिने जाडोले गर्दा मिल गेटमा आवश्यक उखु आपूर्ति हुन नसक्दा क्षमता घटाएर क्रसिङ गर्नु परेको महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले जनाएको छ । क्रसिङ सुरु भएदेखि सधैँ भिडभाड देखिने चिनी मिलको बाटोमा शीतलहरको प्रकोप बढेदेखि फाट्टफुट्ट मात्र उखु बोकेका गाडी चलेका छन् ।
बेवास्तामा वाल्मीकि आश्रम
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठमन्दिरमा दीपावली गरी उत्सवका रूपमा मनाइएको छ तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम भने यतिबेला ओझेलमा परेको छ । वाल्मीकि ऋषिले तपस्या गरेको, लवकुशको जन्म भएको, सीता भासिएको स्थान वाल्मीकि आश्रम अहिले संरक्षण अभावमा ओझेलमा परेको हो ।
खोटाङमा सवारीसाधनको भाडादर घट्यो
जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ ।
प्रभास तालबाट हराए कमलका फूल
तानसेनस्थित ऐतिहासिक प्रभास तालमा कमलका फूल लोप भएका छन् । एक दशकअघिसम्म प्रभास तालभरि कमलका फूल फुल्ने गरेको भए पनि पछिल्लो समय कमलका फूल देखिन छाडेको छ । यस तालमा विभिन्न हानिकारक फोहोर मिसाउँदा कमलका फूल लोप भएको स्थानीय बासिन्दाले बताएका छन् । एक दशकअघिसम्म पनि तालमा विभिन्न रङका कमलका फूल फुल्थे तर अहिले कमलका फूल देख्न पाइँदैन ।
निःशुल्क स्वास्थ्य उपचार
गौमूल गाउँपालिकाले आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य उपचार दिने निर्णय गरेको छ । पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिका सभाले यसअघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र कडाइ गर्दै नयाँ नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा आयुर्वेदिकमार्फत सेवालाई निरन्तरता दिने अध्यक्ष रोकायाले जानकारी दिनुभयो । गौमूल गाउँपालिका–१ बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ ।
विश्वास जित्दै सहकारी
सहकारी संस्थाहरूले मासिक रूपमा हिसाबकिताब (आयव्याय) सार्वजनिक गर्न थालेका छन् । सहकारी विभागको निर्देशन अनुसार यहाँका सहकारीले नयाँ महिनाको पहिलो हप्ताभित्र हिसाबकिताब सार्वजनिक गर्ने गरेका हुन् । टीकापुर नगरपालिका–७, सत्तीक्षेत्रमा रहेका सामुदायिक सहकारी संस्थाले सार्वजनिक विवरण अनुसार असार मसान्तमा एक करोड ५७ लाख ९८ हजार सेयर पुँजी, पुस मसान्तसम्म पाँच लाखले वृद्धि भएको देखाएको छ ।
भिरको सडक स्तरोन्नति गर्ने जिम्मा सेनालाई
सडक विभागले कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भिरमा सडकको स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनालाई दिएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भिरको काम नेपाली सेनाको जिम्मा लगाएको हो ।
पकेट क्षेत्रमा बन्दै छन्, चिस्यान केन्द्र
कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणमा जोड दिएको छ । सोहीबमोजिम ठाउँ ठाउँमा चिस्यान केन्द्र बनिरहेका छन् । वीरेन्द्रनगरमा बनिरहेको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्ड स्टोर निर्माण गरिएको हो ।
महिनावारीका बेला गोरस नदिने चलन
महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन् । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ । महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन् । छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन् ।
डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दुधको भुक्तानी
इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।
रैथाने बालीको परिकार प्रदर्शनी
स्थानीय महिलाले रैथाने बालीको परिकार तयार गरेर प्रदर्शनी गरेका छन् । रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरी आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो । सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले महिलाले रैथाने बालीको परिकार बनाउन सिक्दै त्यसको प्रदर्शनी गरेको बताउनुभयो । उक्त वडाका ४० महिलाले परिकार तयार पार्ने सिप सिक्दै परम्परागत परिकारभन्दा नयाँ नयाँ परिकार तयार पारेर प्रदर्शनी गरेका हुन् ।
फलफूल प्रशोधन उद्योग सञ्चालन
जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो ।
विद्यार्थीको बैक खाता अनिवार्य
शैक्षिक गुणस्तर वृद्धिको अग्रसर फेदीखोलाँ गाउँपालिकाले हरेक विद्यार्थीको बचत खाता सञ्चालन अभियान अगाडि बढाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
तरङ्ग खोलाको पुल निर्माण अलपत्र ठेकेदार फरार
कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले बिचैमा काम छाडेर फरार भएपछि पुल निर्माण अलपत्र भएको हो ।
कफी खेतीबाट विस्थापित हुँदै किसान
पाल्पामा कफी खेती गर्ने किसान विस्थापित भएका छन् । कफीमा लाग्ने गभारो रोगलाई नियन्त्रण गर्न नसक्दा चार दशकदेखि कफी खेती गर्दै आएका किसान विस्थापित भएका हुन् ।
विदेशबाट फर्किएर भैँसीपालन मासिक डेढ लाख आम्दानी
परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुग्नुभयो तर सोचेजस्तो आम्दानी हुन नसकेपछि त्यही परम्परागत पेसालाई व्यावसायिक रूप दिएर सन्तुष्ट हुने गरी कमाउनुभएको छ ।
चार महिनादेखि सिमेन्ट उद्योग बन्द
आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
मेनुका टप टेनमा प्रवेश
गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।
जाडो बिदामा भायलिन सङ्गीत
युवापुस्तादेखि बालबालिकासम्म भायलिन वादनको लोकप्रियता बढ्दो छ । १६ औँ शताब्दीमा इटालीमा बनेको भायलिन नेपालमा पनि लोकप्रिय वाद्यवादनका रूपमा लिन थालिएको छ । पश्चिममा सङ्गीत पूर्वीय समाजमा भित्रिएपछि त्यसलाई आफ्नै ढङ्गले प्रस्तुत गरिन थालिएको भायलिन नेपाल–भारतमा ‘क्लासिकल’ धुन भरेर बजाउन थालिएको मानिन्छ ।
श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने
वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ । बोर्डको आइतबार बसेको बैठकले प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिनबिच मङ्सिर २० गते सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्रिवि उपकुलपतिका लागि ४३ जनाकाे आवेदन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राख्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् । उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ ।