• १३ साउन २०८१, आइतबार

निःशुल्क स्वास्थ्य उपचार

blog

मार्तडी समाचारदाता

मार्तडी, माघ ९ गते । गौमूल गाउँपालिकाले आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य उपचार दिने निर्णय गरेको छ । पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिका सभाले यसअघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र कडाइ गर्दै नयाँ नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा आयुर्वेदिकमार्फत सेवालाई निरन्तरता दिने अध्यक्ष रोकायाले जानकारी दिनुभयो । गौमूल गाउँपालिका–१ बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को आयव्याय कुल विनियोजित बजेट ३६ करोड ६८ लाख ९७ हजार रुपियाँ रहेको छ । यसमा हालसम्म चालुतर्फ नौ करोड २१ लाख ६० हजार रुपियाँ खर्च भएको छ । पुँजीगततर्फ एक करोड ५० लाख ३६ हजार रुपियाँ र कुल विनियोजनमा अर्धवार्षिक खर्च २९.२१ प्रतिशत खर्च भएको छ । आन्तरिक स्रोततर्फ तीन लाख आम्दानी भएको छ ।

आगामी आव २०८१/८२ को अनुमानित बजेट प्रक्षेपण एवं अनुमानित आय ४४ करोड दुई लाख ७६ हजार रुपियाँ रहेको छ । यसमा आन्तरिक आम्दानीबाट ३२ लाख ९४ हजार रुपियाँ, सङ्घीय सरकारको अनुदानबाट ३० करोड ५६ लाख ४० हजार रुपियाँ र प्रदेश सरकार अनुदान दुई करोड ७१ लाख ४२ हजार आठ सय रुपियाँ छ ।

व्ययतर्फ अनुमानित चालु खर्च २९ करोड ३५ लाख ३९ हजार ४८४ रुपियाँ, पुँजीगत खर्च १४ करोड ६७ लाख ३७ हजार दुई सय रुपियाँ रहेको प्रतिवेदन पालिका उपाध्यक्ष सीता थापाले सभामा पेस गर्नुभएको हो । गौमूल गाउँपालिका–२ मा १० शøयाको अस्पताल निर्माण कार्य जारी छ । घटमुना–काल्च्या सडक खुलेको तथा वडा नं. २ र ३ को कार्यालयसम्म सडक खन्ने कार्यको ठेक्का प्रव्रिmया अघि बढिसकेको छ । यस्तै फनपार्क निर्माणको चरणमा छ । ४ र ५ नम्बर वडा जोड्ने सडक नियमित सञ्चालनमा रहेकोमा सिमधाराघाटमा पक्की पुल निर्माण जारी रहेको तथा अन्य पक्की पुल निर्माण हुने क्रममा रहेको पालिकाले जनाएको छ । 

बाजुरा समाचारदाताका अनुसार हिउँदे अधिवेशन नगरेका स्थानीय तह पनि अधिवेशनको तयारीमा जुटेका छन् । बाजुराका नौमध्ये तीन पालिकाले हिउँदे अधिवेशन गरिसकेका छन् भने छ पालिका अधिवेशनको तयारीमा जुटेका छन्  ।

विगतका वर्षमा भएको उपलब्धि, कामको समीक्षा, बजेटमा हेरफेर र स्थानीय सरकारलाई आवश्यक पर्ने थप केही कानुन बनाउने गरी स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडीमालिका, बुढीगङ्गा, खप्तड छेडेदहलगायत गाउँपालिका हिउँदे अधिवेशनमा जुटेका छन् ।