विभ्रम [कथा]
मोटरसाइकलको गति अघिभन्दा स्वाट्टै घटे पनि मनभित्र विशृङ्खलित कुरा खेल्ने क्रम भने झन्झन् बढेर गएको थियो । ह्वात्तै बढेको मुटुको ढुकढुकी अझै सामान्य बन्न नसकिरहेकै अवस्थामा उसले एउटा निश्चय ग-यो– अब बढीमा घर पुग्नका लागि २० मिनेट समय लाग्नेछ । त्यसपछि हातमुख धोएर शुद्ध कपडा फेरेपछि यही बाटो हुँदै ऊ त्यही पीपलको फेदमा गएर दुवै हात जोड्दै क्षमायाचना गर्नेछ जहाँ एकैछिनअघि ऊ लडेको थियो । बूढो पीपलले माफी दिने कुरामा ऊ जति आशावादी थियो, त्योभन्दा बढी आफू श्रापित भएकोमा विश्वस्त पनि । यो झिनो आशा र बलियो विश्वासबीचको द्वन्द्वमाथि बलशाली बनेर अघि भर्खरैको दुर्घटनाले तन र मन दुवैलाई तरङ्गित बनाउने क्रम भने रोकिएको थिएन ।
शिक्षाका अथक अभियन्ता
शिक्षकको सीप र क्षमताको प्रयोग गर्दै धेरैले जीवनको लामो यात्रा तय गर्छन् तर शिक्षक जहाँको तहीँ रहन्छ । देवीप्रसाद पराजुलीले पनि अनेकौँ दुःखकष्ट सहेर गाउँमा स्कुल खोल्नुभयो । ३२ वर्षसम्म अनवरत रूपमा त्यही स्कुलमा प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभयो । हजाराँै विद्यार्थीलाई शिक्षाको दियोले प्रज्वलित गराइदिनुभयो । विद्यार्थीलाई देश विदेशसम्म उड्न सक्ने गरी शिक्षारूपी पखेटा हालिदिनुभयो । आफू भने उमेरले साथ दिँदासम्म दुर्गममा रहेको सोही स्कुलको विकासमा निरन्तर खटिइरहनुभयो । पराजुलीको सम्मानमा चेला, समकक्षी तथा इष्टमित्रको संयुक्त प्रयासमा हालै प्रकाशन भएको छ– ‘हेडसर देवीप्रसाद पराजुली’ । यस पुस्तकले शिक्षाको विकासमा उहाँको समर्पणलाई जनसमक्ष ल्याएको छ ।
भँगाहाको त्यो राँगो !
२०५६ सालमा महोत्तरी जिल्लाको प्रशासकीय पगरी सम्हाल्ने मौका पाएको थिएँ । त्यतिबेर आसन्न निर्वाचन सम्पन्न गराउनुपर्ने प्रमुख पदीय दायित्व थियो । पहाडमा थुप्रै चुनाव गराए पनि त्यस जिल्लामा भर्खर खटिएका हामी सबै सुरक्षा प्रमुखलाई तराईको अनुभव थिएन । त्यसैले हाम्रासामु चुनौतीका चाङहरू महाभारत पहाड बनेर ठडिएका रहेछन् । सरुवा भएर जानेबित्तिकै स्थानीय शिक्षक, व्यापारी, नेता, सन्तमहन्त र भद्रभलाद्मीसँग कुराकानी गर्दा पो चुनाव सम्पन्न गराउने काम चानचुने होइन भन्ने थाहा भयो । अनि त चुनावमै केन्द्रित भएर बारम्बार बैठक बस्न थाल्यौँ ।
खेलाडीलाई भविष्यको चिन्ता
अध्ययन, अध्ययनपछि आकर्षक तलबसहितको काम तथा उच्च जीवनस्तरको लालशाले विदेश जाने नेपाली दिन प्रतिदिन बढ्दैछन् । नेपालीका लागि विदेश जानु भनेको एउटा ‘संस्कार’ नै बनिसक्यो भन्दा फरक पर्दैन । अमेरिका, अस्ट्रेलिया, युरोपेली देश तथा खाडीलगायत मुलुकमा धेरै नेपाली जाने गरेका छन् । यसरी जानेहरू कोही उतै पलायन हुन्छन् भने कोही स्वदेश फर्कन्छन् । अमेरिका, अस्ट्रेलिया र युरोपेली देश जानेमध्ये धेरै उतै बस्छन् भने अन्य मुलुकमा जानेहरू स्वदेश फर्कन्छन् । विशेषगरी काम र अध्ययनका लागि नेपाली विदशे जाने गर्छन् । यसरी विदेश जानेमा नेपाली खेलाडी पनि पर्छन् । नेपालमा खेलेर के नै हुन्छ र ! भन्ने नकारात्मक सोच र असन्तुष्टिले नेपाली खेलाडी विदेश पलायन हुने गरेका छन् ।
सहरमा तीन नाटक
नेपाली रङ्गमञ्च अहिले फेरि चलमलाउन थालेको छ । नाटककार लाई भ्याइनभ्याई छ । काठमाडौँका प्रायः नाटकघर अहिले भरिभराउ देखिन्छन् । विभिन्न स्वादका नाटक अहिले नाटकघरमा मञ्चन हुन थालेका छन् । दर्शकमा नाटक हेर्ने उत्साह र जाँगर थपिँदै गएको छ । चलचित्रमा भन्दा अहिले नाटकमा धेरैको लगाव बढेको पाइन्छ । नाटकघरमा अहिले केही नाटक मञ्चन भइरहेका छन् । ‘ऐया माया’, ‘इन्साइड/आउटसाइड–फो’ र ‘कनन हरलता’ अहिले मञ्चन भइरहेका नाटक हुन् ।
सम्पदाले सम्पन्न तानसेन
नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाले भरिपूर्ण छ । यो जिल्ला काठमाडौँबाट ३०० किलोमिटर र पोखराबाट १२९ किलोमिटरको दूरीमा अवस्थित छ । २७.३४ डिग्रीदेखि २७.५७ डिग्री उत्तरी अक्षांश र ८३.१५ देखि ८४.२२ डिग्री पूर्वी देशान्तरमा यो जिल्ला फैलिएर रहेको छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौँ र ललितपुरपछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो । २००७ सालमा तानसेन नगरपालिका भएको थियो । यो नगरपालिकाको उत्तरतर्फ कालीगण्डकी करिडोर र दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रहेको छ । धरातलको हिसाबले पाल्पालाई महाभारत शृङ्खला, भित्री मधेश, चुरे पर्वतमाला र बाहिरी मधेश गरी चार क्षेत्रमा विभाजन गर्न सकिन्छ । ज्यादै सुन्दर भूपरिदृश्यका रूपमा रहेको तानसेन सहरलाई ‘पहाडकी रानी’ भनेर पनि चिनिन्छ । श्रीनगर पहाडको फेदीमा रहेको तानसेन ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा जति महत्त्वपूर्ण र विविधतापूर्ण छ, भौगोलिक दृष्टिकोणले पनि उत्तिकै आकर्षक स्थलका रूपमा परिचित छ । पुरानो नेवार बस्ती, मठमन्दिर, व्यापार, परम्परागत धातुकला शिल्प र ढाका टोपीका लागि यो जिल्ला प्रसिद्ध छ । काठमाडौँ उपत्यका बाहिरका महत्त्वपूर्ण सम्पदा बस्तीहरूमध्ये तानसेन पनि एक हो ।
होस गर है प्रिय [कविता]
बडो जतनका साथ बुनेकी छु मैले मेरो हृदयको तानमा तिम्रो र मेरो प्रेमको सप्तरङ्गी रुमाल होस गर है प्रिय ! तिम्रो छुवाइले कतै दागी नबनाओस् मेरो त्यो पवित्रतम सिर्जनालाई ।ठूलो प्रयत्नका साथ दबाएर राखेकी छु मैले मनभित्रै तिमीप्रतिको मेरो तीव्र अनुरागलाई आफ्नो अभिसारको चाहनालाई खुला रूपमा व्यक्त गर्नुअघि होस गर है प्रिय ! त्यसले कतै उफानमा नल्याओस् मैले हृदयको अन्तस्तलमा दबाएर राखेको मेरो तिर्सनालाई ।कुनै त्यस्तै उपयुक्त र मधुर क्षणमा तिमीलाई नै अर्पण गर्न भनी मेहनतका साथ तयार पारेर राखेकी छु मैले मेरो यो देहको सम्पदालाई उन्मादको हुट्हुटीमा यसलाई बलात् किचिमिची पार्नुअघि होस गर है प्रिय ! तिम्रो त्यो क्षणिक आवेशले ओझेलमा नपारिदेओस् स्त्री–पुरुष सम्बन्धका सबै रोमाञ्चक, अर्थपूर्ण र शाश्वत आयामहरूलाई ।
प्रिय दुश्मन (कविता)
अचानक हराएर आफ्नो होश भक्कानिँदै डाँको छोडेर रोएको त्यतिकै हुँदै होइन–अरूको अगाडि !
रेडियो सधैँको साथी
रेडियो कान्तिपुरले बन्दाबन्दीको समयलाई सिर्जनासँग जोड्ने उद्देश्यले सुरु गरेको कार्यक्रम ‘आशा : समुन्नत सपना’ कार्यक्रममा २०७७ वैशाख ४ का दिन कार्यक्रम सञ्चालक गीतकार/कवि भूपेन्द्र खड्काले युवा पुस्ताका होनहार कवि भूपिन र मलाई कार्यक्रममा निम्त्याउनु भएको थियो । भूपेन्द्रजी मसँग टेलिफोनमा जोडिनुभन्दा अघि म रेडियोमा कवि भूपिनका दिनचर्या, विचार र कविता सुनिरहेको थिएँ । कार्यक्रममा म जोडिएसँगै भूपिन छुट्टिनु भयो । कार्यक्रम सकियो । भूपिन भाइसँग कुरा नभएको पनि धेरै भएको थियो । मैले मोबाइलमा सम्पर्क गर्ना साथै भाइले गुनासो गर्नुभयो– मैले दाइका कविता सुन्नै पाइनँ, भूपेन्द्रले लाइन काटी दिए । मैले भनेँ– त्यो प्राविधिक बाध्यता हुनुपर्छ । कुराकानी हुँदै जाँदा भूपिनले आफूसँग रेडियो नभएको कुरा मात्र भन्नुभएन, सँगसँगै आफ्नो त रेडियो कल्चर नै भएन भनेर रेडियोको प्रसङ्ग टुङ्ग्याउनु भयो । फोनवार्ता सकियो । आफूसँग रेडियो कल्चर नै नभएको भन्ने भूपिनको भनाइले रेडियोबिना सामान्य ढङ्गमा जीवन नै चल्दैन कि जस्तो लाग्ने मलाई भित्रैसम्म कतै छोयो ।
नेपाली भाषामा ब्रह्माण्डपुराण
ब्रह्माण्डपुराणको नेपाली अनुवाद हालै प्रकाशनमा आएको छ । यसको अध्यायगत सारांशका रूपमा नेपाली अनुवाद गरिएको हो । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित प्रस्तुत पुराण ब्रह्मदेखि ब्रह्माण्डसम्मका १८ वटा महापुराणमध्ये अन्तिम पुराण हो । डा. पोखरेलले यसअघि नै विभिन्न महापुराणहरू अनुवाद गरी प्रकाशित गराउँदै आउनुभएको छ । प्रस्तुत पुराण यसैभित्र अर्को कडी हो । वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार संसार परब्रह्मको खेल हो । जब ब्रह्ममा एकबाट अनेक हुने इच्छा जागृत हुन्छ तब आफ्नै शरीर विस्फोट गरेर नानारूप धारण गरी खेल्छन् र खेल्न पुगेपछि सारा सृष्टिलाई आफैँमा समेट्दै शून्यमा विचरण गर्न पुग्छन् ।
लोमान्थाङ क्यान्भास
भित्ताहरूमा जीवन हुन्छ त ? प्रकाश सिग्देलको एउटा प्रश्न हो यो । कालीगण्डकीको मुहानको खोजीमा उकाली चढ्दा आएको यस प्रश्नको उत्तर थियो वा थिएन, त्यो पनि अर्को प्रश्न नै हो । जीवन नभए राजा जिग्मे परवल विष्टको घरवरिपरि रहेको पर्खालको के अर्थ ? त्यसलाई दायाँ पार्दै उक्लिँदै गर्दा पारिपट्टि देखिएका भेडाका लस्कर र तिनका वरपर रहेका मानिसको जिजीविषा के हो त ? यतिखेर भने त्यो प्रश्नको उत्तर भेटिएजस्तो लाग्यो ।
नेपाली सिनेमा हिजो र आज
नेपाली सिनेमा निर्माण हुन थालेको ५५ वर्ष भइसक्यो । राजा महेन्द्रले सरकारी ढुकुटीबाट चलचित्र ‘आमा’ बनाउनुभन्दा अघि निजी क्षेत्रको सुमनाञ्जली प्रोडक्सनबाट ‘माइतीघर’ बनाउने सबै तयारी भइसकेको थियो तर राजा र जनताको एउटै क्षेत्रमा प्रतिस्पर्धा हुने भयो भनेर माइतीघरको निर्माण पछि धकेलिएको तर्क गर्ने धेरै छन् । ‘आमा’ पञ्चायत व्यवस्थाको प्रचारप्रसार गर्ने उद्देश्यले राज्यले बनाएको प्रथम सिनेमा हो भने ‘माइतीघर’ निजी क्षेत्रले बनाएको पूर्णतः व्यावसायिक सिनेमा हो ।
चेरीले बढाएको सौन्दर्य
अमेरिकास्थित सान्फ्रान्सिस्कोको पहिलो अवतरण र बसाइ निकै यादगार रह्यो । डाउनटाउनमा आन्टी (सानुमुवा)कै घरमा एक हप्ता बसियो । म गएपछि आन्टीले काममा बिदा माग्नुभएको रहेछ । हेर्दा उहाँ खुसी नै देखिनुहुन्थ्यो । सँगै रहँदाबस्दा भलाकुसारीको क्रममा आन्टीले भन्नुहुन्थ्यो– पकाउने ग्यास सकिएला भन्ने पीर छैन । बिजुलीको मिटरबक्समा युनिट धेरै चढ्ला र बिल धेरै आउला भन्ने पीर छैन । ग्यासको सिलिन्डर भर्न लैजानका लागि मान्छे खोज्नुपर्दैन । ग्यासको सिलिन्डर किन्नका लागि पैसाको जोहो गर्नुपर्ने चिन्ता पनि छैन । धारामा पानी नआउला भन्ने चिन्ता पनि छैन । पानीको धारा कहाँबाट आउँछ, त्यो त थाहा छैन तर कहिल्यै पनि धारामा पानी सकिँदैन । यति कुरा भएपछि घर चलाउन आनन्द हुने रहेछ । यहाँभन्दा बढी के चाहियो र !
विपत्तिमा सहारा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसीमा रहेको पुल २०५१ साल साउनमा आएको बाढीले बगायो । राजधानीसँग जोड्ने मुख्य राजमार्ग नै ठप्प हुँदा आवतजावतसँगै अत्यावश्यक वस्तुको ढुवानीमा ठूलो समस्या भयो । निरन्तरको वर्षा र पहिरोले वैकल्पिक सडक तयार गरी सडक सुचारु गर्ने अवस्था भएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवरुद्ध राजमार्ग खुलाउन अनेक प्रयास ग-यो । कमजोर भूबनोटको कारण पहिरो झन् थपिन थाल्यो । नेपाली सेनाले भारतबाट बेलिब्रिज मगाएर हप्ता दिनपछि राजमार्ग सञ्चालनमा ल्यायो ।
आमा खै ! (कविता)
“बुबा आमा खै ?” “आमा त टाढा गइन् छोरा” “किन बाबु किन ? आमा कोसँग रिसाउनु भयो ?” “हैन छोरा, त्यसो हैन” “उसो भए के हो त ? आमा खै खै ?”
गीत
नेपाल मेरो मुटुको टुक्रा छातीमा सजाउँछु मादलु, झ्याम्टा, मुर्चुङ्गा, झ्याली प्रेमले बजाउँछु । सगरमाथा नेपालको शिर पासाङको स्थान लुम्बिनी मेरो आँखाको नानी बुद्धको आँगन शान्तिको गीत गाएर म त संसारलाई कजाउँछु
माया गरौँ देशको (कविता)
जागौँ उत्तम सोचले मगजले, माया गरौँ देशको । लम्कौँ जाँगरले गरौँ प्रगति त्यो, भाषा कला भेषको ।। राख्छौँ चाख विकासको यदि भने, जुट्छन् सबै सज्जन । भ्रष्टाचार हटेर जान्छ सहजै, चाहिन्न कालो धन ।।
बालसाहित्यको खडेरी
बालसाहित्य महत्त्वपूर्ण विधा हुँदाहुँदै यसको प्रकाशन ज्यादै न्यून छ । विद्यालयमा उपलब्ध गराइने पाठ्यक्रमका किताबले मात्र बालबालिकामा पढ्ने बानी विकास गर्न सकिन्न । पठन संस्कृति बढाउनका लागि बालसाहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ । बालसाहित्य बालबालिकाका लागि सिकाइको आधारशीला हो भने वयस्कहरूका लागि पढ्ने बानी विकास गर्ने महत्त्वपूर्ण प्रवेशद्वार हो । बालककालमा साहित्य पढ्ने अवसर मिल्यो भने उनीहरू आजीवन असल पाठक बन्न सक्छन् र गुणवत्तापूर्वक जीवन जिउन सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यसकारण बालसाहित्य बालबालिकाको समष्टिगत विकासका लागि अनिवार्य आवश्यकता हो ।
शास्त्रीको लेखकीय दस्तावेज
समय समयमा सग्ला लेखहरूको सँगालो प्रकाशित भइरहनु नेपाली साहित्यको उन्नयनमा सुखद पक्ष हो । २०७९ साल जेठमा प्रकाशित ‘हरिहर शास्त्रीका सिर्जना’ पुस्तक यसको उदाहरण हो । पूर्वीय दर्शनमा आधारित आध्यात्मिक चेतना जगाउने १७ वटा कृतिहरूको सबल सिङ्गो माला हो यो कृति । वि.सं. १९८० मा काठमाडौँमा जन्मिएर २०३४ सालमा दिवङ्गत हुनुभएका श्रद्धेय शास्त्रीका यस कृतिमा कविता सङ्ग्रह चार, खण्डकाव्य सात, महाकाव्य तीन, जीवनी रहेका छन् । कृति शास्त्रीको लेखकीय दस्तावेजको पहिचान बनेको छ । कृतिमा सङ्ग्रहित रचना वि.सं. २०२३ देखि २०३० सम्म जम्मा सात वर्षको छोटो अन्तरालमा गरिएका हुन् ।
जेथाजमानी [निबन्ध]
ओर्लिरहेको हिउँदको दिन ! संसारमा घामपानीबारे अनेक तर्क भइरहेका छन् । भुइँ छोडेर कुरा गरिरहेकै छ– बहसले । सुनेसम्म गर्ने हो भने ढाडमा बर्सिने घाम र तातोलाई बिदा गर्नुपर्छ । पिइरहेको पानीलाई किलकिलेमुनि खसाल्ने कुरामा एक दिन ख्याल गर्नैपर्छ । छतमा छु घरको । तीन जना नानीहरू बसेका छन् मेरै वरिपरि । नानीहरू जाडोको बिदामा घर कुरुवा भएका छन् । निकै दिनदेखि ती किताब र कापी बोकेर छतको घाममा सेकिन आउँछन् । आज तिनका छेउमा छु म । किताबले घेरिएका ससाना नानीहरू ।
जाने ओखती नजाने विष
डा. पुनेश्वर केशरी सामान्यतया आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ हुँदैन भन्ने भनाइ छ तर यो पूर्ण सत्य होइन । आयुर्वेदकै कतिपय स्वास्थ्यकर्मी पनि आयुर्वेद औषधिको दुष्प्रभावबारे अनभिज्ञ छन् । सुरक्षित प्रयोगमा त्यति संवेदनशील भएको पाइँदैन । रोगले हुने मृत्यु कहिलेकाहीँ हामीले रोक्न सक्दैनौँ तर औषधिको प्रयोगले हुने मृत्यु स्वीकार्य हुन सक्दैन भन्ने भनाइ नै छ । तसर्थ कुनै पनि चिकित्सा पद्धतिमा प्रयोग हुने औषधिको प्रयोगबाट हुने दुष्प्रभावको पहिचान, अध्ययन, आकलन तथा रोकथामसम्बन्धी कार्यका लागि र त्यससम्बन्धी शिक्षा तथा स्वास्थ्यकर्मीलाई तालिम आदिको व्यवस्थापनका लागि फर्माकोभिजिलेन्स (औषधिको दुष्प्रभाव पहिचान) आवश्यक हुन्छ । यस लेखमा आयुर्वेद औषधिको सुरक्षित प्रयोगबारे आयुर्वेद संहिताहरूमा उल्लेख गरिएका केही विषय प्रकाश पार्ने जमर्को गरिएको छ ।
हराएको छैन प्याङ
प्याङ अर्थात् बाँसका गिद्रा (चोया निकालेर बाँकी रहेको भित्री भाग) को प्रयोग गरी बनाइएका बट्टा । प्याङलाई स्थानीयले पोंचा भन्छन् । रैथाने सीप, ज्ञान र कच्चा पदार्थबाट बनाइने प्याङ एक समय नेपाली समाजमा दैनिक प्रयोगमा थिए ।
धानलाई धक्का
यस वर्ष मनसुन सुरुमै सक्रिय भयो । देशैभर धान रोपाइँ पनि भइरहेको छ । हालसम्म कति रोपाइँ भयो, त्यसको तथ्याङ्क त आउन बाँकी छ । बेमौसमी वर्षाका कारण गत वर्ष धान उत्पादनमा ८.७६ प्रतिशतले ह्रास आयो । यस पटक भने मलको अभावले उत्पादनमा असर गर्ने हो कि भन्ने आकलन गरिएकोे छ । समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ । असार १५ लाई धान दिवसकै रूपमा मनाइन्छ । ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ यस वर्ष १९औँ धान दिवस मनाइनेछ । देशकै कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ३.३ प्रतिशत छ । यस हिसाबले कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब रुपियाँमा धानको योगदान एक खर्ब ६४ अर्ब रुपियाँ रहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मुखको माया के माया ? (कविता)
मुखको माया के माया ? मनको माया हो माया । किनेको माया के माया ? आत्मीय माया, माया हो