गाडिएको सिंह देखेपछि
हाइकुको उद्गम भूमि जापानमा केही वर्ष बस्ने क्रममा मैले पनि हाइकुसँग परिचित हुने मौका पाएँ । म त्यहीँ बसेका बखत सन् २०१८ सेप्टेम्बर २९ र ३० मा अनेसास जापानले टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव गरेको थियो । तत्कालीन अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले मलाई कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका थिए । काठमाडौँ र बेलायतबाट पनि अतिथि आएका थिए । हाइकु क्षेत्रमा जापानका दिग्गज व्यक्तित्व र हङकङबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यही कार्यक्रमबाट मेरो पनि हाइकुमा विशेष रुचि बढ्दै गयो ।
अविस्मरणीय ठुल्दाजु
मेरा ठुल्दाजु डा. तारानाथ शर्मा हामी सात जना दाजुभाइ र चार जना दिदीबहिनीमध्ये सबैभन्दा धेरै अध्ययनशील र साहित्य लेखन कार्यमा सदैव लगनशील रहने व्यक्ति हुनुहुन्थ्यो । हाम्रा बा प्रजापति उपाध्याय कामविशेष परी भारतको कलकत्ता (कोलकाता) जाँदा आफूले अङ्ग्रेजी भाषा पढ्न नपाएको र अङ्ग्रेजी भाषा बुझ्न नसक्ने कारणले एक पटक त्यहाँ अपमानित हुनुपर्दा उहाँले आफ्ना छोराछोरीलाई चाहिँ अङ्ग्रेजी भाषा पनि पढ्न लगाउँछु भनी सङ्कल्प गरेको हुँदा हामी सबैले अङ्ग्रेजी भाषासमेत पढाउने विद्यालयमा शिक्षा हासिल गर्ने मौका पायौँ ।
रायमाझीका मिथिला कला
केही वर्षअघिसम्म नेपालमा मिथिला कलाको अत्तोपत्तो थिएन । यो कला तराईका देहाती स्थानमा, गाउँघरका भित्ता र पर्खालमा बाँचेको थियो । तराईको संस्कार र संस्कृतिसँग जोडिएको मिथिला कला अहिले अन्तर्राष्ट्रिय जगत्मा उल्लेख्य कलाशैलीका रूपमा फैलिएको छ । नेपाली पौभा र मण्डलाको बजार अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिए जसरी यसको बजार पनि अन्तर्राष्ट्रिय जगत्मा दिन प्रतिदिन फैलिँदो छ ।
विषादी परीक्षण सधैँको व्यथा
घटना गत जेठ अन्तिम साताको हो, देशकै ठूलो तरकारी बजार कालीमाटीमा मकवानपुरबाट ल्याइएको काउली परीक्षण गर्दा स्वास्थ्यका लागि घातक विषादी भेटियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला कालीमाटीमा काउली परीक्षण गर्दा विषादी रोकावट दर ९१ प्रतिशत भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ ।
मुटु फेर्नै पर्छ (कविता)
साथीहरू अदृश्य सम्पत्ति हुन् मनमोहक गन्तव्यमा पुग्ने बाटो हुन् उनीहरूलाई पढ्दा अरू केही पढ्नु नपर्ने अलिखित किताब हुन् ।
आफैँलाई छुटाउँदा (कविता)
निधारमा स्यानो जूनको प्रतिमा र एक मुठ्ठी उज्यालो त्यहीँबाट परावर्तित एक हरफ मुस्कान अनि विश्वासी पाइला लिएर हिँडेथेँ जो तिमीलाई मनपथ्र्यो । सिसाभित्र कैद ताजमहल रङ्गीन गाताले मोरिएको मुनामदन
विडम्बना (कविता)
यथार्थको सङ्लो नदी कहिल्यै आफ्नै गतिमा बग्न सक्दैन र, धर्मराउँदै अस्तित्वको खोजमा सत्य पनि उज्यालोकै प्रतीक्षामा हुन्छ भो नगर्नुहोस् सवाल बत्तीमुनि किन अँध्यारो हुन्छ ?
घामछाया
विश्वविख्यात रुसी साहित्यकार लियो टोल्सटोयले एक पटक भनेका रहेछन्, ‘जीवनको सौन्दर्य घाम र छायाबाट बनेको हुन्छ ।’ टोल्सटोयको कथनलाई मनन गर्दा निस्कने सर्वजनीन निष्कर्ष हो– जीवनको क्यान्भास घामछायाबाटै पोतिएका हुन्छन् अनि जीवनलाई सुन्दर तुल्याउने आधारभूत तथ्य पनि सुखदुःख रूपी घामछाया नै हुन् । मानव जीवन साँचो अर्थमा घामछायामय छ । हरेक बिहान झलमलिने उदयाचलको आलोक र साँझपख अस्ताचलमा पोखिने अन्धकारमय परिवेशले हरेक मनमस्तिष्कलाई घामछायाको साँचो अनुभूतिमा डुबाइदिन्छ । जगजाहेर नै छ, हाम्रो साझा घर पृथ्वीका दुई गोलाद्र्धमध्ये एउटामा घाम र अर्कोमा छायाको राज छ । सिङ्गो पृथ्वी कहिल्यै पनि घामले एकैचोटि झलमल हुन पाएको छैन । यसले पनि मानव जीवन घामछायायुक्त छ भन्ने तथ्य स्मरण गराउँछ ।
निबन्धमा अभिवन्दना
नेपाली साहित्यको फराकिलो फाँटमा २०४५ सालमा ‘ललिता’ कवितासङ्ग्रह लिएर प्रवेश गर्नुभएका श्रीओम श्रेष्ठ ‘रोदन’ मूलतः निबन्ध र लघुकथा विधामा अग्रणी मानिनुहुन्छ । मधुपर्क साहित्यिक मासिकको सम्पादकपछि गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादक भएर सेवानिवृत्त हुनुभए पनि पत्रकार, साहित्यकार र साहित्यिक अभियन्ताको परिचयले उहाँलाई अग्ल्याइरहेको छ । पछिल्लो चरणमा उहाँको लेखन खासगरी निजात्मक निबन्ध र लघुकथामा केन्द्रित देखिन्छ । त्यसो त नियात्राका क्षेत्रमा पनि उहाँको कलम चलिरहेकै छ र पनि प्रकाशित एक दर्जन कृतिमध्ये निबन्धकृतिकै सङ्ख्या बढी देखिन्छ । यसै सन्दर्भमा पछिल्लो कृति पनि निबन्धकै प्रकाशित छ– अभिवन्द्य ।
मनकामनाका सिद्ध
जसरी मनकामना एउटा तीर्थस्थलका रूपमा प्रसिद्ध छ, उसैगरी मनकामनामा नित्य पूजा सुरु गर्ने गोरखाली राजा राम शाहकालीन सिद्ध लखन थापामगर पनि प्रसिद्ध छन् । खास नाम लक्ष्मण भए पनि लखन थापाबाट परिचित उनी एक चामत्कारिक सिद्ध थिए । उनले त्यस बेला राम शाह र उनकी रानीको विश्वास जितेका थिए ।
कला विज्ञानका डाक्टर
नेपाली स्कुलिङमा कला विद्यार्थी तयार नपारिएसम्म नेपाली कलामा मौलिकता ल्याउन सकिँदैन।” कला विज्ञानका डाक्टर रामकुमार भौकाजीका जीवन भोगाइ, सिकाइ, प्रयोग, अध्ययन र अनुसन्धानका निष्कर्ष थिए यी। तत्कालीन शोभियत सङ्घमा कलाको विद्यावारिधिपछि नेपाल फर्केर डा. भौकाजीले नेपाली कलाको जग खोतल्न, खोज्न थाल्नुभयो। त्यही जगको आडमा नेपाली कला शैलीको विकासे गोरेटो खन्न तल्लिन हुनुभयो। यद्यपि त्यो गोरेटोमा पूर्णविराम लगाएर साउन ५ गते हामीबाट बिदा हुनुभएको छ, डा. रामकुमार भौकाजी।
ड्रागन खेतीको मोह
एक वर्षअघि देश कोरोनाको चपेटामा थियो। कोरोनाको रोकथाम र न्यूनीकरणका लागि गरिएका निषेधाज्ञा र बन्दाबन्दीले घरमै थुनिएर बस्नुको विकल्प थिएन। त्यस बेला कतिपय व्यक्ति सामाजिक सञ्जालमा भुले भने कतिपयले फुर्सदको समयको सदुपयोग गरे। पेसाले स्वास्थ्यकर्मी रहेका सुर्खेतका ३२ वर्षीय हीराबहादुर मगर पनि कोरोनाको बेला क्वारेन्टाइनमा बस्दा मोबाइलमै व्यस्त रहनुभयो। क्वारेन्टाइनमा बस्दा धेरै जना टिकटक, फेसबुकमा रमाए। हीराले भने फेसबुक, टिकटकमा भुल्नुभन्दा युट्युबमा ड्रागन फ्रुट खेतीका बारेमा जानकारी लिन थाल्नुभयो। ड्रागन खेती उहाँको रुचिको विषय पनि थियो। त्यसैले उहाँले खेती कसरी गर्ने ? कस्तो ठाउँमा फस्टाउँछ ? आदिबारे जानकारी युट्युबबाटै लिनुभयो।
बीपी अग्रमनका ऊर्जा
बीपी कोइरालाका दुई वटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र जसलाई सधैँ विवादित बनाउन एउटा पक्ष लागिरह्यो, ती भनाइ आज पनि अत्यन्त सान्दर्भिक रहेका छन् । ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ र ‘पञ्चहरू काँग्रेससँग नतर्स, काँग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बीपीको तत्कालीन समयलाई दिशाबोध गर्ने भनाइहरू अहिलेको अवस्थामा पनि मननीय छन् । समकालीन राजनीतिको विश्लेषणका आधारमा बीपीले व्यक्त गरेका यी भनाइहरूको मर्म बुझ्दै त्यसको गहनतामा पुगेर आत्मबोध गर्न सक्यौँ भने हामीलाई समाजको समकालीन अवस्थाको विश्लेषण गर्दै समस्याको पहिचान गर्न र ती समस्यालाई सम्बोधन गर्नका लागि राष्ट्रिय एकता निर्माण गर्न मद्दत पुग्ने छ ।
तिमी अर्थात् उज्यालो (कविता )
तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु
आमाको आशा (कविता )
बालक छोरा सोध्छ – “आमा ! मैले धेरै पढेर के गर्ने ?” “बाबुु, ठूलो ज्ञानी मान्छे बन्ने” तर विडम्बना छोरो ठूलो भयो, पढेर ज्ञानी बनेन पैसा कमायो घमण्डी पो बन्यो ।
गजल
चट्ट कपाल कोरेर बेँसीतिर झरेरतिमीलाई भेट्न आएको मन परेर । चित्त मेरो दुःखायौ कान्छी तिमीले नजिक बस्न खोज्दा पर–पर सरेर ।अरूको जोडी हेर कति मिलेको बसेका छन् मन अनि तन जोडेर । तिम्रो शरीरमा त मैले छुनै नहुने गल्ती भयो तिमीसँग माया गरेर । धेरै फुर्ती नलाऊ तिम्रो त्यो बैँसको पात झरेभैmँ एकदिन जान्छ झरेर ।
विकल्प [कथा]
हिजोअस्तिदेखि दिन धुम्म भइरहेको थियो । न त उघ्रिन सकेको थियो न त पानी नै पर्न । आज साँझ भने हुरी चल्न थल्यो । यसले ठूलै वितण्डा मच्चाउने पो कि भन्ने पनि लाग्यो । ‘ड्याङ ड्याङ’ झ्यालहरू एकआपसमा ठोक्किन थाले । ऊ उठ्छे, झ्याल लगाउँछे, ढोका थुन्छे । हुरी कम भएको हो वा अझै चल्छ पत्तो छैन तर लाग्छ अब हुरी रोकिन्छ । ‘टिक टिक टिक’ घडीको आवाज आइरहेको छ । आफू आफैँभित्र बन्द भई विचार शून्य भएकाले उसलाई लागेको थियो समय रोकिएछ तर होइन, रातको १० बजिसकेछ । विवेकलाई फोन गरी । उसलाई थाहा थियो फोन उठ्दैन भनेर तर झिनो आशाको त्यान्द्रोले उसलाई बाँधेको थियो ।
नारी सङ्घर्षको कथा
अचेल विदेश भ्रमणका अनुभवलाई समेटेर पनि उपन्यास लेखिएको पाइन्छ । यसक्रममा विमला अधिकारी देवकोटाले स्वदेश र विदेशको सामाजिक परिवेशलाई समेटेर ‘मनकली’ उपन्यास प्रकाशन गर्नुभएको छ । रोजगारीको क्रममा लामो समय इजरायल बस्दा उपन्यासकारले भोगेका र देखेका परिवेशलाई केन्द्रबिन्दु बनाएर यो उपन्यास लेखिएको हो । विदेश जान नेपाली युवालाई बाध्य पार्ने नेपालको वर्तमान परिस्थितिको पनि यसमा सुन्दर वर्णन गरिएको छ ।
पर्वैैपर्वको महिना
साउन महिना वर्षभरिमा सबैभन्दा सरस, सुन्दर र सजल मानिन्छ । यो महिना मनोरम र मनोहर पनि मानिन्छ । महिनाभरि दिनरात पानी परिरहने भएकाले गर्मीको अनुभव हुँदैन । आकाशमा बादल लुकामारी खेलिरहेको हुन्छ । तसर्थ घामछायाँको छवि पनि दर्शनीय हुन्छ । शीत र तापमा समन्वय देखिन्छ । साहित्यकारका लागि पनि प्रेरणाको स्रोतका रूपमा यो महिनाले प्रसिद्धि प्राप्त गरिसकेको छ ।
अस्ट्रेलियामा नेपाली सिनेमा
कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा पनि सम्भव तुल्याएको छ ।
किरात राईको मातृथलो
तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, “किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।” ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जो कोहीले मातृहरूसँग ज्ञान माग्ने गर्छन् । त्यति मात्रै होइन, मातृहरूको श्रद्धा गर्दै बुद्धि–विवेक माग्नसमेत बिर्संदैनन् ।
‘सुपरहिट’ गीतको सम्झना
वरिष्ठ गीतकार किरण खरेलले आफ्नो जीवनको अधिकांश समय नेपाली गीत तथा सङ्गीतको क्षेत्रमा बिताउनुभयो । उहाँलाई नेपालको सदावहार गीतकारका रूपमा पनि चिनिन्छ । उहाँले लेख्नुभएका कैयौँ गीत आज पनि जनजिब्रोमा झुन्डिएका छन् । खरेलका गीतहरू नारायणगोपाल, तारादेवीलगायत ख्यातिप्राप्त गायक÷गायिकाले गाउनुभएको छ । यसैगरी उहाँले धेरै नेपाली चलचित्रका लागि पनि गीत लेख्नुभएको छ ।
राजकुमारका डोला
तत्कालीन राजा पृथ्वीनारायण शाह १४ वर्ष पुगेपछि डोला (विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या) का सन्देश ह्वारह्वार्ती आउन थाले । तिनताक राजकुमार विवाहयोग्य भएपछि डोलाका सन्देश आउँथे । यस्ता सन्देश ल्याउने काम ब्राह्मण लमीले गर्थे । पुरस्कारको लोभमा पनि यो काम गरिन्थ्यो । सामान्य राजा–रजौटाका छोरी डोला ल्याएर पृथ्वीनारायणको बिहे गराउने पक्षमा महारानी चन्द्रप्रभा र कौशल्या थिएनन् । मकवानपुरे राजा माणिक्य सेनका छोरा हेमकर्णकी कन्या इन्द्रकुमारीसँग बिहे निश्चित भयो । डोलामैयाँसँग मकवानपुरमै बिहे भयो । डोलालाई आफ्नै राज्यमा झिकाएर बिहे गर्ने चलन हुन्थ्यो । तर पृथ्वीनारायण डोलामैयाँकै राज्यमा बिहे गर्न पुगे । उमेरको कारण देखाएर हेमकर्णले कन्यालाई गोर्खा पठाउन चाहेनन् र पृथ्वीनारायण डोलाबेगर गोर्खा फर्किनुप-यो । केही समयपछि वधु लिन पुनः मकवानपुर पुगे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी : बाबुराम आचार्य) । पृथ्वीनारायण शाहले दिव्य–उपदेशमा हेमकर्णका छोरा दिग्बन्धनलाई “डोला पनि लैयाउ, नेपाल पनि देषि आउ भनि मकवानपुर गँञु र पुग्यापछि दिकवन्दनसेनलाई यवटा कुराको करेउलि (करकाप वा अड्डी) लिएर भने यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला दिन्न भन्या काढि तरवारसित पनि लैजांला” भनेको कुरा उल्लेख छ । तर उनी डोला नलिई फर्किए ।
प्रेमको लय (कविता)
ऊ छ, उसको हल्ला छ । ऊ छ र’त यो दिन छ उसको हल्ला छ र’त यो साँझ छ /यो बिहान छ