• २७ पुस २०८१, शनिबार

गीत

blog

रमेशचन्द्र घिमिरे

 निद्रासँगै कल्पनामा आफू पनि भागेँ

तिम्रो याद आयो अनि मध्यरातमा जागेँ ।


बादल ओढी मस्तसँग आकाश निदा’को छ

झ्यालबाट जून छिरी मलाई गिज्या’को छ

यै मौकामा जूनसँग ज्योति पैँचो मागेँ

तिम्रो याद आयो अनि मध्यरातमा जागेँ ।


तिम्रो–हाम्रो सम्बन्धको कसले डाहा ग-यो ?

त्यै भएर चियो गर्न जूनलाई थाहा ग-यो

मैले त्यही जूनकै सामु चिठी लेख्न लागेँ

तिम्रो याद आयो अनि मध्यरातमा जागेँ ।