• १० मंसिर २०८१, सोमबार

असल मान्छेको सार्थक जीवन वृत्तान्त

blog

विश्वका कतिपय राष्ट्रले राम्ररी चिनेको तर नेपालले भने अझै पनि योगदानको राम्ररी मूल्याङ्कन र समुचित रूपमा कदर गर्न नसकेको एउटा अत्यन्त महान् र असल मान्छे हुनुहुन्थ्यो जयपृथ्वीबहादुर सिंह । खासगरी विश्वशान्ति र मानवअधिकारको सुनिश्चितताका दिशामा उहाँले जीवनभर परिचालित गर्नुभएका सत्प्रयास आजपर्यन्त संस्मरणीय र प्रेरणादायी रहेका छन् । अन्धकार हटाएर प्रकाश छर्ने कार्यमा उहाँका मानवतावादी दर्शन र विचार कालजयी छन् । प्रत्येक मानिसमा मानवतावादी विवेकले अन्तर्हृदयलाई राम्ररी स्पर्श गर्न नसकेमा कुनै पनि समाजमा शान्ति, समझदारी, सद्भाव, सामाजिक मैत्री, विश्ववन्धुत्व, सदाचार, सहिष्णु प्रवृत्ति आदि सद्गुणहरू विकसित हुन सत्तैmनन् । यसको अभावमा कुनै पनि देशमा प्रजातन्त्र वा लोकतन्त्रको मूल्य, मान्यता र आदर्शले सही गन्तव्य पहिल्याउन पनि सत्तैmन ।


आज विश्वका अधिकांश देशमा लोकतान्त्रिक राजनीतिक व्यवस्था भए पनि जाति, धर्म, भाषासम्बन्धी विवाद, साम्प्रदायिक स्वार्थ र अहङ्कारयुक्त दलगत सङ्र्घषमा आधारित पक्षपातपूर्ण व्यवहार, शक्तिशाली राष्ट्रले निर्धो राष्ट्रहरूमाथि गरिरहेका थिचोमिचो, विविध किसिमका युद्ध, विश्वमा व्याप्त सन्त्रास, शस्त्रास्त्रको होडबाजी, नारामा मात्र सीमित निशस्त्रीकरण, नाकाबन्दी, मानिस–मानिसमा सिर्जित वैमनस्य आदि विविध किसिमका दुर्गुण र दुष्प्रवृत्तिहरूकै कारण आज पर्यन्त मानव–अधिकारको सर्वतोमुखी, सर्वपक्षीय विकास हुन नसकिरहेको सत्य घाम जत्तिकै छर्लङ्ग छ । यस किसिमले मानव अधिकार नै सुरक्षित, संरक्षित र मर्यादित बन्न नसिकिरहेको आजको विश्व–परिपे्रक्ष्यमा प्रत्येक मानिसका अन्तर्हृदयमा स्थान पाउनु पर्ने आपसी सत्प्रेम, मित्रतायुक्त व्यवहार र सहिष्णु प्रवृत्ति आदि नै दृग्भ्रमित हुँदै गएका छन् । यस परिप्रेक्ष्यमा जयपृथ्वीबहादुर सिंहले परिकल्पना गरेका मानवतावादी चिन्तन र मानव अधिकारका आधारस्तम्भका बारेमा सकेसम्म सर्वपक्षीय जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन हुनुलाई निश्चय पनि प्रशंसनीय कदम मान्नु पर्छ । जयपृथ्वीबहादुर सिंह जीवनी एक परिचय (२०३५), मानवतावादी जयपृथ्वी जीवन संसार (२०५५) को पुस्तक प्रकाशन र विभिन्न पत्रपत्रिकामा जयपृथ्वीबहादुर सिंहका सम्बन्धमा विविध आलेख पनि प्रकाशित गर्दै आउनु भएका लेखक उत्तमबहादुर सिंहको परिमार्जित र परिवद्र्धित ‘जयपृथ्वी मानवतावादी दर्शन’ शीर्षकको तेस्रो संस्करणका रूपमा प्रकाशित कृतिले जयपृथ्वीबहादुर सिंहको मानवतावादसम्बन्धी विविध जानकारी र उहाँको बहुआयामिक व्यक्तित्व, कार्य र क्रियाकलाप आदिका कसीमा उहाँको निर्भीक व्यक्तित्वमाथि समेत राम्रो प्रकाश पार्न सकेको छ ।


मानवहितकै लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने क्रममा राजसी सुख–सयललाई पूर्ण रूपमा त्याग गर्ने, ‘गोरखापत्र’ मा संलग्न रहँदा जनचेतना जागृत गर्ने उद्देश्यले विविध आलेख प्रकाशन गर्ने र यसो नगर्न आफ्नै ससुरा चन्द्रशमशेरको आदेशको समेत कुनै वास्ता नगरी पत्रकारिताको धर्म र यसका मूलभूत मान्यताबाट अलिकति पनि छेउ लाग्न मन नपराउने जयपृथ्वी ‘गोरखापत्र’बाट नै हटाउने कार्य हुँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्ने मार्ग–दर्शक व्यक्ति हुनुहुन्थ्यो । यसो गर्दा पनि देशमा बस्नै नसक्ने किसिमको स्थिति सिर्जना गरिएका कारण उहाँ भारतमा निर्वासित जीवन बिताउनसमेत बाध्य र विवश हुनु भयो । यस किसिमको अवस्थामा पनि नेपालका बालबालिकाका लागि विविध किसिमका शैक्षिक क्रियाकलाप र जनतालाई चेतनशील तुल्याउने दिशामा आफ्नै चेतना–चिन्तनमा आधारित विविध किसिमका बौद्धिक क्रियाकलाप आजन्म परिचालित गर्नुभएको पाइन्छ ।


उहाँमा कुनै किसिमको व्यक्तिवादी एवं आत्मकेन्द्रित प्रवृत्ति थिएन । समाजमा सामाजिक गुणहरू स्थापित गर्ने कार्यमा निरन्तर क्रियाशील व्यक्तित्व जयपृथ्वी विश्व–मानव कल्याणका दिशामा अग्रसर हुने एउटा महान् व्यक्तित्व हुनुहुन्थ्यो । यस विषयमा नव जागरण ल्याउन देशमा मात्र होइन विदेशमा समेत पुगेर उहाँले अनेकौँ प्रयास परिचालित गर्नुभएको थियो । राजनीति, प्रशासन तथा कानुनी क्षेत्रमा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रसङ्ग पनि पुस्तकले केही प्रकाश पारेको छ । ‘गोरखापत्र’को प्रकाशनका क्रममा उहाँले निर्वाह गर्नुभएको भूमिका अद्वितीय रही आएको छ । उहाँका ‘अक्षराङ्क शिक्षा’, ‘अक्षरमाला’, ‘व्यवहारमाला’, ‘भूगोल विद्या’, ‘पदार्थ तìवविवेक’, ‘बाल–बोध’, ‘ज्ञानमाला’, ‘श्रेस्ताबोध’, ‘शिक्षा–दर्पण’, ‘प्राकृत व्याकरण’, ‘तìव प्रशंसा’, जस्ता कृति प्रकाशित छन् । उहाँलाई पहिलो नेपाली व्याकरणकार, पाठ्यक्रम तर्जुमा गर्ने र पाठ्यपुस्तक लेख्ने पहिलो व्यक्तित्वको रूपमा पनि लिइन्छ । नेपाली शिक्षा–व्यवस्थाका जनकका रूपमा पनि उहाँ सुपरिचित हुनुहुन्छ । शिक्षार्थीहरूलाई जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा उहाँले विशेष जोड दिई पाठयक्रम र पाठ्यपुस्तक तर्जुमाका दिशामा एउटा तपस्वीझैँ आफूलाई साधनामा समर्पित गर्नुभएको पाइन्छ । यी यथार्थलाई मनन गर्दा नेपालको शैक्षिक क्षेत्रमा उहाँले दिएको योगदान अविस्मरणीय छ । पुस्तकले यो पक्षमा पनि मनग्य जानकारी दिनसकेको छ । 


लेखक उत्तमबहादुर सिंहको ‘जयपृथ्वी मानवतावाद दर्शन’ शीर्षकको यो कृतिले जयपृथ्वीलाई नेपालका बहुमुखी प्रतिभासम्पन्न अद्वितीय व्यक्तित्वको रूपमा चिनाएको छ । राष्ट्रको शिक्षा व्यवस्था, सामाजिक र आर्थिक सुधारका साथै समुन्नत समाजको निर्माणका लागि सबैले स्वार्थन्धता र व्यक्तिवादी प्रवृत्तिलाई त्याग गर्न‘पर्छ र अन्तर्हृदयमा विश्व–भ्रातृत्वको भावनालाई समाहित गर्दै अघि बढ्नु पर्छ भन्ने सन्दर्भमा पुस्तकले महनीय प्रकाश पारेको छ । 


जयपृथ्वीले भारतको बेङ्लोर र नैनीताल आदि ठाउँमा निर्वासित जीवन बिताउँदाका क्षणका विविध प्रसङ्ग पुस्तकमा छन् तर उहाँले निर्वासन कालमा भोग्नु परेका कतिपय जीवन–यथार्थका पक्षमा अझै अध्ययन–अनुसन्धान हुनुपर्ने तथ्य स्वयंमा पुस्तकले नै औँल्याएको यथार्थ यस क्रममा संस्मरणीय हुन पुग्छ । उहाँका बारेमा अझै अध्ययन अनुसन्धान र सत्यापनको खाँचो छ नै । पुस्तकमा प्रयोग भएका कतिपय शब्दको सही हिज्जेमा मुद्राराक्षसले आफ्नो करामत राम्ररी नै प्रदर्शित गरेको छ । 


पुस्तक जयपृथ्वीप्रतिको लेखकको अथाह प्रेम र आस्थाको उपजका रूपमा प्रकाशित हुन पुगेको पाइन्छ । हालसम्म लेखकलाई उपलब्ध हुन सकेका सामग्रीका आधारमा लेखकको इमानदार प्रयासमा आधारित यो पुस्तकले जयपृथ्वीबहादुर सिंहका सम्बन्धमा कतिपय महìवपूर्ण जानकारी दिन सकेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । विविध मन्तव्य र सन्दर्भ सहित झन्डै–झन्डै ३५० पृष्ठमा विस्तृत अनि सहयोग स्वरूप १,११५÷– रुपियाँ मूल्य निर्धारण गरिएको यो पुस्तक पठनीय सामग्री बन्न सकेको छ तर सर्वसाधारण पाठकको क्रयशक्तिबाट भने यो निकै टाढिएको देखिन्छ । यति हुँदाहुँदै पनि उहाँका बारेमा थप–अध्ययन र अनुसन्धान गर्न चाहने र उहाँलाई बुझ्न चाहने कुनै पनि जिज्ञासु पाठकका लागि पुस्तक पठनीय, सङ्ग्रहणीय र उपयोगी बन्न सकेको छ ।