• ११ पुस २०८१, बिहिबार

गजल

blog

लीलाराज दाहाल

 उज्यालोले भित्र मुटु जल्छ कसैको 

समयले नै हुलिया बदल्छ कसैको ।


जित्छु भन्ने चाहना लिई हिँडेपछि

हार्दा भने सारा तन गल्छ कसैको ।


मनभरि अन्धकारले राज गरे पनि 

फेरि पनि आत्मज्योति बल्छ कसैको ।


प्रहार गर्छ निराशाको लौरोले अचेल 

त्यसैले त मनको गजुर ढल्छ कसैको ।


रणभूमिमा जतिसुकै जिते पनि लीला

तँ भित्र नि दादागिरी चल्छ कसैको ।